ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन प्रकरणमा सीआईबीले कागज गरेर छाडेका २१ जना जाँचबुझ आयोगको दायरामा परे


एबीसी न्यूज
१ चैत्र २०८०, बिहिबार   १ : ३६   बजे

काठमाडौं १ चैत । सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले छाडेका व्यक्तिहरु उच्चस्तरीय सुन जाँचबुझ आयोगको छानबिनको दायरामा परेका छन् ।

सीआईबीले कागज मात्र गराएर छाडेको २१ जनालाई फेरि बयान गराइएको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले  बताए ।

विद्युतीय सिगरेट ९भेप० र ब्रेक प्याडभित्र लुकाएर भएको सुन तस्करीमा प्रतिवादी रहेका ३३ जनालाई आयोगले पुनः बयान लिएको थियो । त्यसक्रममा ब्यूरोकाले कागज गराएर छाडेका थप २१ जनासँग बयान लिइएको आचार्यले बताए ।

अनुसन्धानका क्रममा आयोगले थप १४ जनासँग समेत सोधपुछ गरेको उनले बताए । आचार्य नेतृत्वको आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई ४८५ पृष्ठको प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदन बुझेपछि गृहमन्त्री लामिछानेले आफू प्रतिपक्षमा भएका बेला पनि आयोगलाई कतिपय सुझावहरु लिखित रुपमा दिएको स्मरण गराए । उनले राजनीतिक नेतृत्वसँग कनेक्सन भएका भनिएका जीवन चलाउनेलाई भगाइएको विषय प्राथमिकताका साथ संसद्मा उठाएका थिए ।

जाँचबुझ आयोगका एक सदस्यका अनुसार, चलाउने समेत आयोगको जाँचको दायरामा परेका थिए । त्यसक्रममा सीआईबीले उनलाई कागज गराएर छाडेको भेटिएको पाइएको अधिकृतहरु बताउँछन् ।

यो विषयमा आयोगले सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्य, डीएसपी दुर्गाराज दाहाल, रुगम कुँवर लगायतसँग सोधपुछ गरेको थियो ।

आयोगले छानबिनका क्रममा सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग शंकास्पद संवाद फेला परेका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसँग पनि बयान लिएको थियो । त्यसबेला गृह प्रशासनले अधिकारीलाई मन्त्रालयमा तानेर थप छानबिन नगरी छाडेको थियो ।

यो मामलामा आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुल महरा, पूर्वराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन, व्यवसायी भीमकान्त भण्डारी लगायतसँग समेत बयान लिएको थियो । यसपछि कतिपयलाई फेरि मुद्दा चलाउन सिफारिस गरिएको आयोगका अध्यक्ष आचार्य बताउँछन् ।

केही प्रहरी र कर्मचारीलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ ।

प्रतिवेदन बुझेपछि उपप्रधान एवं गृहमन्त्री लामिछानेले प्रतिवेदन अध्ययन गरेर कार्यान्वयन गर्ने भारी आफूले बोक्ने बताए । ‘प्रतिवेदनमा दिइएका सुझावहरु कार्यान्वयन गरिनेछ, दोषीलाई कारबाही र सुधारका लागि सुझाइएका उपायको कार्यान्वयन हुनेछ’, लामिछानेले भने ।

लामिछानेले विगतमा ती व्यक्तिहरुलाई उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कानून मातहतमा ल्याउने बताए । उनले भने, ‘जुनसकुै खालका कमजोरी गर्ने निकाय र व्यक्तिविरुद्ध कारबाही हुन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group