ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्यो


एबीसी न्यूज
२ चैत्र २०८०, शुक्रबार   १२ : ५९   बजे

काठमाडौं २ चैत । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले उठेर विरोध गरे । सभामुख देवराज घिमिरेले एक जनालाई बोल्न भनेपछि कांग्रेसका तर्फबाट बोल्दै सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछाने प्रश्न र अनुसन्धानको घेरामा रहेको बताए ।

उनले भने, ‘म आग्रह गर्न चाहन्छु मेरा माननीय मित्र गृहमन्त्रीज्युलाई उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस् ।’

अनुसन्धानमा रहेको घेरामा रहेका व्यक्तिले अनुसन्धानकै नेतृत्व गर्ने थलोको जिम्मेवारी दिनु उचित नहुने उनको भनाइ छ । ‘‘आफूमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री हुनुहुँदैनथ्यो । प्रधानमन्त्रीले प्रश्न भएको मानिसलाई गृहमन्त्री बनाउन हुँदैनथ्यो,’ उनले भने, ‘अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा हुँदा सहकारी पीडितको माग कसरी पूरा हुन्छ रु पीडितहरुको विश्वास जित्न नसकेको सरकारले कसरी वित्तीय संकटलाई समाधान गर्न सक्छ रु’

३१ हजार सहकारीमा ७३ लाख बचतकर्ता रहेको र ती बचतकर्ताले सहकारी संचालकको बचतबाट आफूहरुको बचत फिर्ता दिलाउन माग गरिरहेको भनी यसमा सरकार गम्भीर हुनुपर्ने बताए ।

यस सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने पनि उनको माग छ । उनले भनेका छन्, ‘विगत केही दिनदेखि निरन्तर रुपमा प्रमुख प्रतिपक्षले संसदमा प्रश्न उठाउँदै आएको छ । प्रधानमन्त्री त्यो प्रश्नको सामना गर्नुको साटो भागेर हिँड्नुभएको छ । प्रधानमन्त्रीको यस विषयमा डबल स्ट्यान्डर्ड देखियो ।’

बिहीबारको बैठकमा पनि कांग्रेसले गृहमन्त्रीको सम्बन्धमा प्रश्न उठाउँदै प्रधानमन्त्रीको जवाफ मागेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu