ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायाधीश पहिलो अनुसन्धानकर्ता


एबीसी न्यूज
२ चैत्र २०८०, शुक्रबार   ३ : ३१   बजे

काठमाडौं २ चैत । महान्यायाधिवक्ता डा। दिनमणि पोखरेलले जुनसुकै मुद्दाको पनि न्यायाधीश पहिलो अनुसन्धानकर्ता भएको बताउनुभएको छ । चितवन जिल्ला अदालत बार एसोसिएसनले स्वर्ण महोत्सवका अवसरमा शुक्रबार आयोजना गरेको ‘न्याय सम्पादन प्रक्रियामा अनुसन्धानकर्ता, अभियोजनकर्ता, प्रतिरक्षा कानुन व्यवसायी र सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले अनुसन्धानकर्ताबाट त्रुटि भए सबै प्रक्रियामा नै त्रुटि हुने बताउनुभयो ।

महान्यायाधिवक्ता डा। पोखरेलले भन्नुभयो, “अनुसन्धानमा त्रुटि भए अभियोजन र निर्णयमा पनि त्रुटि हुन्छ । जसका कारण पहिलो न्यायाधीश भनेको नै अनुसन्धानकर्ता हो । तसर्थ त्रुटिरहित तरिकाले अनुसन्धानलाई अघि बढाउनु अनुसन्धानकर्ताको पहिलो दायित्व हो ।” अनुसन्धानकर्ताले पहिलेदेखि नै सही तवरले अनुसन्धानलाई अघि बढाउन जरुरी रहेको उहाँको भनाइ छ ।

अनुसन्धानका क्रममा देखिने त्रुटि अन्त्य गर्नका लागि समिति बनाएर अध्ययन सुरु गरिएको बताउँदै महान्यायाधिवक्ता डा। पोखरेलले सहन्यायाधिवक्ताको नेतृत्वमा अहिले काम भइरहेको जानकारी दिनुभयो । वर्तमान कानुन र सर्वमान्य प्रणालीलाई टेकेर काम गर्न सके न्याय दिन सहज र सरल हुने उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “हतार र आवेशमा निर्णय गर्नु हुँदैन ।”

अर्धन्यायिक निकायहरुले समेत न्याय दिने क्रममा घटनाको गाम्भीर्यता र प्रकृति हेरेर काम गर्नुपर्ने पोखरेलले बताउनुभयो । न्याय दिने काम महत्वपूर्ण रहेको भन्दै उहाँले न्याय सरल नभएको बताउनुभयो ।

जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञावलीले पछिल्ला समयमा अभियोजनमा सुधार भएको बताउनुभयो । अझै सुधार गरेर न्याय निरुपणलाई सहज बनाउन सकिने उहाँको भनाइ छ । कार्यविधिमा जटिलता भएको भन्दै उहाँले अनुसन्धानकर्ताले वास्तविकता पहिचान गरेर मात्रै अभियोजन दर्ता गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले देखिएका समस्यालाई समाधान गर्दै न्यायप्रणालीमा सुधार गर्न आवश्यक छ ।”

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले पछिल्लो समयमा देखिएका ‘मिडिया ट्रायल’ले न्यायिक निकायलाई असर गरेको बताउनुभयो । न्यायिक क्षेत्रमा दक्ष जनशक्ति नहुनु र मिडियाका कारण न्याय सम्पादनमा असर परेको उहाँले बताउनुभयो ।

कार्यक्रममा उच्च अदालत सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता ईश्वरी ढकाल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमाल, जिल्ला अदालत चितवनका स्रेस्तेदार विष्णु आचार्य, नेपाल पत्रकार महासङ्घ चितवन शाखाका उपाध्यक्ष प्रकाशमणि ज्ञावली, जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेल लगायतले न्याय सम्पादन र यसका प्रक्रियामा भएका समस्याका बारेमा आ–आफ्नो भनाइ राख्नुभएको थियो ।

चितवन जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष खगराज कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा न्याय सम्पादन प्रक्रियामा अर्धन्यायिक निकायको भूमिका, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले निकुञ्जमा भएका न्यायिक निरुपण र डिभिजन वन कार्यालयका प्रमुख थीरबहादुर कार्कीले वन कार्यालयमा भएका न्यायिक निरुपणका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu