ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रमेशनाथ पाण्डेले गिरिजाको पहिलो सरकारमा मन्त्री बन्न एसडी मुनिलाई हारगुहार गरेको खुलासा


एबीसी न्यूज
३ चैत्र २०८०, शनिबार   १० : ४६   बजे

 

काठमडौं ३ चैत । नेपालको राजनीतिमा पञ्चायत, बहुदल र गणतन्त्रसम्म राजनीतिक पहुँच राख्न सफल दरबारिया पूर्व मन्त्री रमेश नाथ पाण्डेले ०४६ सालको जनआन्दोलन पछिको पहिलो निर्वाचित सगिरिजा प्रसाद कोइरालाको सरकारमा मन्त्री बन्न समेत दिल्ली धाएको खुलासा भएको छ ।
भारतीय प्रसिद्ध प्राध्यापक एसडी मुनिको ड्याबलिंग इन डिप्लोमेसी नामक पुस्तकमा मुनिले पाण्डे कोइराला सरकारमा मन्त्री बन्नका लागि आफूसँग आएको लेखेका छन् ।
सन् १९९१ को बहुदलीय व्यवस्था पुनस्थापना पछिको पहिलो निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गरेपछि गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री भएका थिए । मुनि लेख्छन् – ‘मैले कोइरालालाई बधाइ दिएर दिल्ली फर्केको दश दिनमा जेएनयुको आफ्नो निवासमा रमेश नाथ पाण्डेको आश्चर्यजनक भेट भयो । उनले याकको ऊनका दुई वटा कुर्सीमा राख्ने कुशन उपाहार दिंदै मलाई गिरिजा बाबुको क्याविनेटमा मन्त्री बन्नका लागि सहयोग गर्न अनुरोध गरेका थिए ।’ मुनि अगाडि लेख्छन्ः ‘मैले उनलाई सुन्दर उपाहारका लागि धन्यवाद दिंदै भनें म गिरिजा बाबुको क्याविनेट बनाउनेमा हस्तक्षेप गर्ने हैसियतमा छैन ।’ उनले आफ्नो चाहनामा जोड गरिरहे । मैले उनलाई भनें यदि मेरो गिरिजा बाबुसँग कुरा हुने अवसर मिल्यो भने तपाईंको कुरा पुर्यादिउँला ।’
मुनिले आफ्नो पुस्तकको पृष्ठ ५०–५१ मा पाण्डेको मन्त्री बन्ने जिद्धीको उल्लेख गर्दै लेख्छन्ः ‘मैले उनलाई सविस्तार बताएँ – फोन गरेर गिरिजा बाबुलाई तपाईंलाई मन्त्री नियुक्त गरिदिन भन्ने कुरा नत उपयुक्त हुन्छ न व्यवहारिक रुपमा संभव पनि ।’ मुनिले रोचक व्यंग्यमिश्रित शैलीमा उल्लेख गरेका छन्ः’उहाँको उपहार स्वीकार नगर्ने मेरो प्रयास सफल भएन किनकि उहाँ धेरै विनम्र र जिद्दी हुनुहुन्थ्यो ।पाण्डे चलाख र गतिशील राजनीतिज्ञको रुपमा रहँदै आउनु भएको छ ।’

मुनिले आफ्नो पुस्तकमा सन् १९६८ देखि दमनाथ ढंगानासँग अन्तरंग सम्वन्ध भएको देखि नेपालको प्राज्ञिक मित्रका रुपमा डा. लोकराज बराल रहेको समेत स्पष्ट गरेका छन् ।
मुनिले बाबुराम भट्टराई आफ्नो विद्यार्थी कहिल्यै नभएको तर नेपाली मिडियामा गलत प्रचार भएको भन्दै स्पष्टीकरण पनि दिएका छन् । ऋषिकेश शाहले बाबुराम दम्पत्तिलाई जेएनयू परिसरमा परिचय गराएको घटना समेत मुनिले रोचक तरिकाले प्रसतुत गर्दै ‘बरु आफू माओवादीको युद्धकालका बेला उनकी छोरी मानुषीले दिल्लीमा पढ्न बस्ता स्थानीय अभिभावक बनिदिन गरेको प्रसस्ताव खुशी साथ स्वीकार गरेको’ पनि लेखेका छन् ।
राजदरबार– इन्दिरा ,राजीवको नेपालको दरबारसँगको तनाव, आइके गुजरालको नेपालप्रतिको सदासयता र मुनिको आफ्नै तरिकाको कोइराला परिवारसँगको सामिप्यता जस्ता नेपाली राजनीतिमा चर्चामा रहेका विषयहरुका बारेको विवरण उल्लेख गरेका छन् ।

मुनिको पुस्तकको बारेमा आज नै राजधानीमा डा. बाबुराम भटटराई, पूर्व राष्ट्रपति रामबरण यादव लगायतका विशिष्टहरुको उपस्थितिमा परिचर्चा हुने कार्यक्रम रहेको मन्डला बुकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group