ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीबी राईलाई पक्रेर समस्या समाधान गर्छौं- पोखराका सहकारी पीडितलाई प्रधानमन्त्रीको आश्वासन


एबीसी न्यूज
४ चैत्र २०८०, आइतबार   १ : ४८   बजे

काठमाडौं ४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूर्यदर्शन सहकारी संस्थाका पीडितहरुलाई जसरी भए पनि न्याय दिलाउने आश्वासन दिएका छन् ।

आज कास्कीको पोखरामा सो सहकारीबाट पीडितहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले उक्त आश्वासन दिएका हुन् ।

सहकारी पीडितका प्रतिनिधिहरुले आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । उनीहरुले जीबी राईसहितले बचतकर्ताको रकम हिनामिना गरेर फरार भएको भन्दै उनलाई पक्राउ गरी समस्या समाधान गरिदिन आग्रह गरेका थिए ।

सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, ‘सहकारीको विषयलाई लिएर प्रधानमन्त्रीसँग कुराकानी भयो । सूर्य दर्शन बचत तथा ऋण सहकारीका प्रमुख जीबी राईलाई तुरुन्त पक्राउ गरी ल्याएर हाम्रो बचतकर्ताको समस्या समाधान गरिदिनुपर्यो भनेर प्रधानमन्त्रीज्यूलाई हामीले निवेदन गर्यौं ।

हुन्छ हामीले अब जीबी राईलाई जसरी भए पनि समातेर ल्याएर पीडितहरुको पीडा समाधान गर्ने प्रयास गर्नेछौं भनेर उहाँले आफ्नो प्रतिबद्धता जाहेर गर्नुभएको छ ।’

पोखरा उद्योग वाणिज्य संघमा दयाशंकर स्मृति पुरस्कार दीपेन्द्र श्रेष्ठ र स्वर्गीय पत्रकार त्रिभुवन पौडेललाई अर्पण गरेर फर्किने क्रममा सहकारी पीडितहरुले प्रधानमन्त्रीलाई भेटेका थिए ।

उनीहरूले जीवी राईसहितले बचतकर्ताको रकम हिनामिना पारेर फरार रहेको र यसमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने पनि जोडिएको भन्दै गम्भीर छानबिन गर्न समेत माग गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

एक साता स्थगित भएको संसद बैठक आज बस्दै

सम्बन्धित

विश्वकप २०२६ : डीआर कंगोको ऐतिहासिक पुनरागमन, कोलम्बिया समूह विजेता, पोर्चुगल दोस्रो हुँदै अन्तिम ३२ मा

डीआर कंगोको ऐतिहासिक पुनरागमन, उज्बेकिस्तानमाथि ३–१ को जितसँगै अन्तिम ३२ मा; कोलम्बिया र पोर्चुगल गोलरहित बराबरीमा

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

मोड्रिचको कर्नरमा भ्लासिचको निर्णायक हेडर, घानामाथि २–१ को जितसँगै क्रोएसिया अन्तिम ३२ मा

बेलिङ्घम र केन चम्किए, पानामामाथि २–० को जितसँगै इङ्ग्ल्यान्ड समूह विजेता बन्दै अन्तिम ३२ मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu