ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अहिलेकै गतिमा जनसंख्या दोब्बर हुन ७५ वर्ष लाग्ने


एबीसी न्यूज
४ चैत्र २०८०, आइतबार   ४ : ३३   बजे

काठमाडौं ४ चैत । अहिलेकै गतिमा नेपालको जनसंख्या दोब्बर हुन ७५ वर्ष लाग्ने देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ मा भएको जनगणनाको जनसंख्याको संरचना प्रतिवेदनमार्फत उक्त प्रक्षेपण गरेको हो।

हाल नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ। विसं १९६८ देखि २०७८ सम्म जनसंख्याको आकार ५ गुणाले बढेको देखिएको कार्यालयले जनाएको छ।

ताजा नतिजाअनुसार जनगणना अवधिको वार्षिक औसत जनसंख्या वृद्धिदर ०।९२ प्रतिशत छ। जुन २०६८ मा १।३५ प्रतिशत थियो।

कार्यालयले भनेको छ, ‘अहिलेको गतिअनुसार जनसंख्या दोब्बर हुन ७५ वर्ष लाग्नेछ। विसं १९६८ मा नेपालको जनघनत्व प्रतिवर्गकिमि ३८ जना रहेकामा २०७८ मा बढेर १९८ जना पुगेको छ।’

भौगोलिक क्षेत्रअनुसार तराईमा सबैभन्दा बढी ४६० जना र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना छ भने पहाडमा १९२ जना छ। प्रदेशको हकमा सबैभन्दा बढी मधेसमा ६३३ जना छ भने बागमतीमा ३०१ जना छ।

जिल्लाअनुसार देशको सबैभन्दा बढी जनघनत्व ९५,१६९ जना० काठमाडौं जिल्लामा पाइएको छ। त्यसपछि भक्तपुर ९३,६३१ जना० र ललितपुर ९१,४३३ जना० जिल्लामा छ। नेपालको सबैभन्दा कम जनघनत्व भएका जिल्लामा मनाङ ९३ जना०, मुस्ताङ ९४ जना० र डोल्पा ९५ जना० पर्छन्।

कार्यालयका अनुसार २०३८ मा नेपालको कुल जनसंख्यामा तराईको जनसंख्या ३८ प्रतिशत थियो। जुन २०७८ मा बढेर लगभग ५४ प्रतिशत पुगेको छ।

हिमाली क्षेत्रमा सोही अवधिमा कुल जनसंख्याको ९।९ प्रतिशत थियो, जुन २०७८ मा घटेर ६।१ प्रतिशत पुगेको छ भने पहाडमा पनि यस अवधिमा जनसंख्या घटेको छ।

प्रदेशको हकमा मधेस र बागमतीमा सबैभन्दा बढी झण्डै २१ प्रतिशत जनसंख्या छ भने सबैभन्दा कम कर्णालीमा ५।७९ प्रतिशत छ। गत १० वर्षको अवधिमा सबैभन्दा धेरै लुम्बिनीमा १३।८ प्रतिशत र सबैभन्दा कम गण्डकीमा २।६ प्रतिशतले जनसंख्या थप भएको छ।

विगत १ दशकको जनसंख्या वृद्धिदरअनुसार लुम्बिनी ९१।२४ प्रतिशत० र मधेस ९१।२ प्रतिशत० मा वार्षिक जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा बढी छ भने सबैभन्दा कम गण्डकीमा ०।२५ प्रतिशत छ।

जिल्लागत रुपमा जनसंख्या वृद्धिदर अधिकांश हिमाली र पहाडी क्षेत्रका ३४ जिल्लाहरुको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक छ। तराईका सबै जिल्लाको जनसंख्या वृद्धिदर धनात्मक रहेको कार्यालयले जनाएको छ।

राष्ट्रिय जनगणना २०७८ ले झण्डै दुई तिहाइ ९६६ प्रतिशत० जनसंख्या नगरपालिकामा बसोबास गरेको देखाएको छ।

जिल्लास्तरको जनसंख्या वितरणलाई हेर्दा पनि काठमाडौंमा नै सबैभन्दा बढी जनसंख्या ७ प्रतिशत र सबैभन्दा कम मनाङमा ०।०१ प्रतिशत अर्थात् ५ हजार ६ सय ५८ छ। सबैभन्दा बढी ऋणात्मक वार्षिक वृद्धिदर रामेछापमा ९–१।६७ प्रतिशत० छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group