ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङको निसी खोलामा रात्रिबस दुर्घटना ६ जनाको मृत्यु, २५ बढी जना घाइते


एबीसी न्यूज
५ चैत्र २०८०, सोमबार   ७ : ४६   बजे

 

 

पोखारा ४ चैत । रूकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको रात्रिबस दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ।

बस दुर्घटनामा परेर २५ जनाभन्दा बढी घाइते भएको बागलुङ प्रहरी प्रमुख एसपी ऋषिराम कँडेलले बताए।

मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रिबस बागलुङको निसीखोला गाउँपालिका– ६ जाउलेपानीमा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा परेर मृत्यु हुने र घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ। अहिले पनि उद्धार कार्य जारी रहेको बागलुङ प्रहरी प्रमुख एसपी कँडेलले बताए।

घटनास्थल पुगेका निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीका अनुसार बसमा कति जना थिए भन्ने पनि यकिन भइसकेको छैन। जंगल र भिरालो ठाउँमा दुर्घटना भएकाले घाइते र मृतकको संख्या अझै बढ्न सक्ने उनले बताए।

 

‘खोल्सामा अझै पनि यात्रुको खोजी भइरहेको छ, बसका चालकको पनि मृत्यु भएको छ,’ उनले सेतोपाटीलाई भने, ‘रात परिसक्यो, अझै खोल्सामा यात्रुको खोजी गरिराखेका छौं।’

घाइतेको उपचार गर्न प्राथमिक उपचार केन्द्र बुर्तिवाङ पठाइएको छ। दुर्घटनामा परेका यात्रुको खोजी कार्य जारी रहेकाले मृतक र घाइतेको पहिचान भइसकेको छैन।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group