ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अग्नि सापकोटाको उपस्थितिमा माओवादी बागमती संसदीय दलको बैठक


एबीसी न्यूज
७ चैत्र २०८०, बुधबार   २ : २२   बजे

काठमाडौं ७ चैत । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ। काठमाडौंमा बैठक सुरु भएको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलका राजनीतिक सल्लाहकार डिपी ढकालले जानकारी दिए।

समसामयिक राजनीति, प्रदेश सरकारको नेतृत्व र मन्त्रालय भागबन्डाको विषयमा बैठकमा छलफल हुने बताइएको छ।

माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा बैठक सुरु भएको ढकालले जानकारी दिए।

बैठकमा बागमती संसदीय दलको नेता एवम् मुख्यमन्त्री शालिकराम जम्कट्टेलेल, प्रदेशका आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठ, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, माओवादी बागमती प्रदेशका सचेतक रत्नप्रसाद ढाकाल, नेकपा माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष एवम् प्रदेश सांसद सरल सहयात्रीलगायत प्रदेश सांसदको उपस्थिति छ।

केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै ७ राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमती प्रदेशमा पनि सरकार गठनको प्रयास भइरहेको छ।

केन्द्रमा सत्ताबाट कांग्रेस बाहिरिएसँगै बागमती प्रदेश सरकारबाट पनि उसले आफ्ना सबै मन्त्रीलाई राजीनामा गराइसकेको छ।

बागमती प्रदेश सभामा केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलमध्ये नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी छन्।

तर यी तीन दल मिलेर मात्रै सरकार गठनका लागि बहुमत नपुग्ने भएकाले अन्य दलको पनि समर्थन जुटाउने कसरत चलिरहेको छ। तर सत्ता गठबन्धनकै दलबीच पनि भागबन्डा मिलाउन बाँकी छ। हाल यहाँ मुख्यमन्त्री माओवादी केन्द्रका शालिकराम जम्कटेल छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group