ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुण्डी कारोबारको आरोपमा पक्राउ परेका ४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा


एबीसी न्यूज
८ चैत्र २०८०, बिहिबार   १२ : ५८   बजे

काठमाडौं ८ चैत । हुण्डी कारोबारको आरोपमा पक्राउ परेका ४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । सम्पत्ति शुद्धीकरण विभागले बुधबार विशेष अदालतम ४ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

हुण्डी कारोबारको आरोपमा पक्राउ परेका नरेश अग्रवाल, दीपकश शाह ठकुरी, मनमोहन साह कलवार र दिवस कार्कीविरुद्ध मुद्दा दायर भएको हो ।

राजश्व अनुसन्धान विभागबाट समेत अमेरिकी डलर र नेपाली रुपैयाँको स्रोत नखुलेको भन्दै उनीहरुलाई कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाएको थियो ।
सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरेर चारै जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । जसमा नरेश अग्रवालले ८ करोड ६२ लाख ८५ हजार १५२ रुपैयाँको कारोबार देखिएकोले सोही बमोजिम बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ ।

अर्का प्रतिवादी दिवस कार्कीविरुद्ध ७ करोड १२ लाख २० हजार २९२ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको छ ।

प्रतिवादी दीपक शाह ठकुरीले ८ करोड ८२ लाख ३९ हजार ५६५ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको भन्दै सोही बमोजिम बिगो मागदाबी गरिएको छ ।

मनोहर साह कलवारको हकमा ३ करोड ७५ लाख २९ हजार ८१५ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

उनीहरुले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३० को उपदफा ९१० बमोजिम कसुर गरेको भन्दै बिगाको दोब्बर जरिवाना समेत मागदाबी गरिएको छ ।

त्यस्तै नरशे अग्रवालको नाममादर्ता भएको बा१९च १०१७ नम्बरको १ थान सवारी साधन तथा प्रतिवादीहरुबाट बरामद भएका रकम समेत जफतका लागि मागदाबी गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाको भोटेकोशी बाढीको गति ‘महारौद्र’, तीन घण्टामै चार जिल्लासम्म फैलियो

टिमुरेबाट ११६ जनाको उद्धार, प्रभावित क्षेत्रमा राहत सामग्री र सञ्चार सेवा विस्तार गर्दै सरकार

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu