ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिजिटल मुद्रा ल्याउन कानुन संशोधन गरिँदै


एबीसी न्यूज
८ चैत्र २०८०, बिहिबार   ३ : १७   बजे

काठमाडौं ८ चैत । डिजिटल मुद्रा ल्याउन कानुन संशोधनको प्रस्ताव गरेको छ । प्रतिनिधि सभामा दर्ता भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा यस सम्बन्धी व्यवस्था छ ।

डिजिटल मुद्रालाई परिभाषा खण्डमै राखिएको छ । ‘डिजिटल मुद्रा भन्नाले राष्ट्र बैंकबाट जारी भएको डिजिटल मुद्रा सम्झनुपर्छ’ प्रस्तावित विधेयकमा छ ।

प्रचलित ऐनको परिच्छेद ७ मा बैंकिङ तथा वित्तीय कारोबार सञ्चालन सम्बन्धी व्यवस्था छ । यस परिच्छेद अन्तर्गत दफा ४९ मा बैंक तथा वित्तीय संस्थाले बैकिङ तथा वित्तीय कारोबार गर्न सक्ने सम्बन्धी व्यवस्था छ ।

यस दफामा थप व्यवस्था प्रस्ताव गर्दै विधेयकमा डिजिटल मुद्रा स्वीकार गर्ने तथा भुक्तानी दिने सम्बन्धी प्रावधान राखिएको छ । डिजिटल मुद्राको प्रयोग तथा प्रवर्द्धन गर्नका लागि यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।

अर्थमन्त्रालयका अनुसार विश्वका अन्य धेरै देशजस्तै नेपालले पनि डिजिटल मुद्रा ल्याउने तयारी गरेको छ । यसका लागि आवश्यक कानुनी व्यवस्था गर्न लागिएको हो ।

यसअघि नेपाल राष्ट्र बैंक डिजिटल मुद्राको सम्बन्धमा आन्तरिक अध्ययन गरिसकेको छ । यस अनुसार प्रस्तावित व्यवस्थालाई संसदले स्वीकार गरेको खण्डमा नेपालमा डिजिटल मुद्राको प्रयोगले वैधानिकता पाउनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group