ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वसहकारी रजिष्ट्रार पराजुलीलाई २० लाख धरौटीमा छाड्न आदेश


एबीसी न्यूज
९ चैत्र २०८०, शुक्रबार   १ : ५३   बजे

काठमाडौं ९ चैत । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुलीलाई २० लाख धरौटीमा छाड्न उच्च अदालत पोखराले आदेश दिएको छ । न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र धनसिंह महराको संयुक्त इजलासले बिहीबार पराजुलीलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

सहकारी ठगी प्रकरणमा पुस ११ गते पक्राउ पर्नुभएका पराजुलीलाई पुस १७ गते जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । बिहीबारै मित्रमिलन बचत तथा ऋण सहकारीका शेयर सदस्य जनकराज पौडेललाई पनि सात लाख धरौटीमा छाड्न आदेश भएको छ ।

जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले उच्चको पत्र आइनपुगेको जनाउनुहुँदै पत्र आएपछि धरौटी दाखिला भए पराजुली छुट्ने जानकारी दिनुभयो ।

जिल्ला अदालत कास्कीले पराजुलीसहित सूर्यदर्शन बचत तथा ऋण सहकारीका सञ्चालक गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई थुनामा पठाएको थियो । पराजुलीले सहकारीको कार्यक्षेत्र थप गर्न भनी एक करोड पच्चीस लाख रुपियाँ लिएको अभियोग छ ।

पक्राउ पर्दा पराजुली पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्थ्यो । मङ्सिर २६ गते पक्राउ पुर्जी जारी भएपछि पराजुली सम्पर्कविहीन हुनुभएको थियो ।

सहकारी रजिष्टार कार्यालयको प्रतिवेदनले मित्रमिलन सहकारीमा करिब २७ करोड रुपियाँ अपचलन भएको देखाएको छ । मित्रमिलनको रकम अपचलन अभियोगमा पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदीसमेत पक्राउ पर्नुभएको । सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्ध निर्देशक किरण अधिकारीलाई कात्तिक ४ गते नै प्रहरीले बैंकिङ कसुरमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group