ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताको अधिकारका लागि शहीदको बलिदानी : मुख्यमन्त्री भट्ट


एबीसी न्यूज
७ फाल्गुन २०७४, सोमबार   ३ : ३८   बजे

 

कैलाली, ७ फागुन ।  प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको अधिकारका लागि शहीदले बलिदानी दिएको बताउनुभएको छ ।

सोमबार ६८औँ प्रजातन्त्र दिवसको अवसर पारेर धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले अधिकारका लागि गरेका विभिन्न आन्दोलन र संघर्ष जनताको अधिकार प्राप्तिका लागि रहेको बताउनुभयो । उहाँले शहीदको सपनालाई पूरा गर्नका लागि मुलुकमा नयाँ संविधान जारी भई कार्यान्वयनका दिशामा अगाडि बढेको बताउनुभयो ।

पटक पटकका आन्दोलन र संघर्षबाट जनताले आफ्ना प्रतिनिधिमार्फत संविधान पाउने जुन कल्पना गरेका थिए, त्यो आज पूरा भएको छ, उहाँले भन्नुभयो । मुख्यमन्त्री भट्टले सुशासन, भ्रष्टाचार नियन्त्रण, पिछडिएको समुदायलाई मूलधारमा जोड्नेलगायत दूर दराजमा बसेका जनसमुदायलाई सरकारको अनुभूति दिलाउनका लागि प्रदेश सरकारको काँधमा जिम्मेवारी आएको उल्लेख गर्नुभयो ।

त्यसैगरी, प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले सबै राजनीतिक क्रान्ति सम्पन्न गरिसकेकाले अब मुलुकको समृद्धिका लागि आर्थिक क्रान्ति गर्नुपर्ने जिम्मेवारी काँधमा आएको बताउनुभयो । उहाँले लोकतान्त्रिक गणतन्त्र तथा प्रजातन्त्रलाई सुदृढ गर्दै समृद्धिको यात्रा अगाडि बढेकाले सबै आ–आफ्नो ओहदामा बस्नुभएका महानुभावलाई आ–आफ्नो जिम्मेवारी पूरा गर्न अनुरोध गर्नुभयो ।

मन्त्रिपरिषद् तथा मुख्यमन्त्री परिषद्को कार्यालयमा आयोजित उक्त कार्यक्रममा प्रदेश नं ७ का उपसभामुख, मन्त्री, प्रदेशसभाका सांसद, उपसभामुख, विभिन्न मन्त्रालयका उच्च पदाधिकारी, प्रहरी प्रमुख, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो । (तस्वीर उपलब्ध छ)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री र गण्डकी मुख्यमन्त्रीबीच सिंहदरबारमा भेटवार्ता

खाँडाचक्र नगरपालिका क्षेत्रमा पहिरो, घर जोखिममा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अमेरिका–इरान वार्ता अहिलेसम्मकै बलियो चरणमा : जारेड कुसनर

Tupac Shakur Murder Trial Begins: Accused ‘On-Site Commander’ Faces Charges

US Ties Gaza Reconstruction to Hamas Disarmament

Hefner Contacted FBI Repeatedly Over Epstein Abuse Allegations, Suit Claims

कालीमाटीमा प्याजको भाउ किलोको ७० रुपैयाँ पुग्यो

युक्रेन युद्धको विरोध गरेको भन्दै रुसी नेतालाई ११ वर्ष जेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu