ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘दुई हप्ता भन्दा बढी खोकी क्षयरोग पो हो की ?’


एबीसी न्यूज
१३ चैत्र २०८०, मंगलबार   ८ : ४९   बजे

नविन वि.क

अर्घाखाँची,  १३ चैत । अर्घाखाँची जिल्लामा आ.व.२०७९/८० मा २ सय २२ जना क्षयरोगका बिरामी पत्ता लागेका छन् । १ सय ५२ जना पुरुष र ७० जना महिला गरी जम्मा २ सय २२ जना क्षयरोगका बिरामी जिल्लामा पत्ता लागेका स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । कार्यालयका अनुसार अझै ४७ प्रतिशत केस लुकेर रहेका अवस्थामा छन् ।

एक लाख जनसंख्यामा २ सय ४५ केस हुने अनुमान गरिन्छ जसअनुसार अर्घाखाँचीमा क्षयरोगका ४ सय १६ केस पत्ता लगाउनुपर्नेमा आ.व ०७९/८० मा २ सय २२ केस मात्र पत्ता लागेका स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपालीले बताए । उनले जिल्लामा आ।व ०७९/८० मा ६ जनाको क्षयरोगका कारण मृत्यु भएको समेत जानकारी दिए ।

क्षयरोग माइकोव्याक्टेरियम ट्युवरकुलोसिस नामक किटाणुबाट लाग्ने एक किसिमको सरुवा रोग हो । यो रोग लागेका एक व्यक्तिले एक वर्षमा १० देखि १५ जना व्यक्तिमा सार्न सक्ने प्रमुख नेपालीको भनाइ छ । ‘क्षयरोग एक किसिमको सरुवा रोग हो, क्षयरोगबारे जनचेतना नहुँदा यसको सोचेजति केस पत्ता लगाउन सकिएको छैन,’ उनले भने ‘गाउँ/गाउँ सम्म यसबारे जानकारी गराउन सके यसको पहिचानको लागि धेरै सहज हुने थियो ।’

यस्तै नेपालमा हरेक वर्ष नयाँ तथा पुराना गरी करिब १ लाख १७ हजार क्षयरोगका बिरामी हुन्छन् भने हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामीहरु थपिने र करिब १७ हजार जनाको क्षयरोगका कारण मृत्य हुने अनुमान गरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका कार्यक्रम संयोजक तथा सुचना अधिकारी विजय वि।कले बताए । वि।कले सन् २०३५ सम्म नेपालमा क्षयरोग न्युनिकरण गर्दै सन् २०५० सम्ममा नेपाललाई क्षयरोग मुक्त बनाउने लक्ष्य रहेको समेत बताए ।

हरेक वर्ष मार्च २४ लाई विश्व क्षयरोग दिवसको रुपमा मनाइंदै आइएको छ । यस वर्ष पनि ‘हो १ हामी अन्त्य गर्छौ’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस मनाइएको सुचना अधिकारी वि।कले बताए । ‘विश्व क्षयरोग दिवसका दिन संसारभरी क्षयरोगका कारण अकालमा मृत्यु भएका व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न, हाल क्षयरोग लागेका व्यक्तिहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्न र भविष्यमा यस रोगबाट कसैले पनि मृत्युवरण गर्न नपरोस् भनि प्रतिबद्धता जायर गर्न यो दिवस मनाइदैं आइएको छ,’ उनले भने ‘समूदायमा अझैपनि क्षयरोगबारे पर्याप्त जानकारी नभएको तथा क्षयरोग व्यवस्थापनमा उनिहरुको संलग्नताको आवश्यकता रहेको छ ।’

दुई साता वा सो भन्दा बढी लगातार खोकी लागिरहनु, शरिरको तौल घट्दै जानु, खासगरी साझपख ज्वरो आउनु, छाति दुख्नु, खाना मन नलाग्नु, खकारमा रगत देखिनु आदि क्षयरोगका लक्षणहरु भएका अर्घाखाँची अस्पतालका निमित्त प्रमुख डा। अशोक शाहले बताए । क्षयरोग लागेका व्यक्तिलाई एकै प्रकारको लक्षण देखिने भन्ने हुँदैन् । बीना लक्षण पनि क्षयरोग लाग्न सक्ने डा। शाहको भनाइ छ । क्षयरोगको निःशुल्क उपचार र परिक्षण हुने शाहले जानकारी दिए । यो रोग नियमित औषधी सेवनबाट पुर्ण निको हुने उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group