ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूतबीच भेटवार्ता


एबीसी न्यूज
१४ चैत्र २०८०, बुधबार   १ : ३३   बजे

काठमाडौं १४ चैत ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको हो ।

भेटमा नेपालमा नास्तिकता फैलाउन अमेरिकाको लगानी र भूमिका सम्बन्धी विषयमा अध्यक्ष लिङ्देनले जिज्ञासा राखेको राप्रपाले जनाएको छ ।

राजदूत थम्पसनले नेपालमा नास्तिकता फैलाउन अमेरिकाले कुनै लगानी नगरेको र गर्ने नीति पनि नरहेको जानकारी गराएका थिए । राजदूत थम्पसनले अमेरिकी सहयोग नेपालको विकास र सीमान्तकृत समुदायको उत्थानमा केन्द्रित रहेको बताए । साथै नेपालको धार्मिक सदभाव र एकता उत्कृष्ट रहेको विचार राख्दै चोरी भइ अमेरिका पुर्‍याइएका मूर्ति नेपाल फिर्ता गरी पुनस्र्थापना गर्ने अमेरिकी नीति रहेको जानकारी गराए ।

भेटका अवसरमा अध्यक्ष लिङदेनले सरकारलाई ४० बुँदे माग पेश गरेको र काठमाडौं केन्द्रित प्रदर्शनको तयारीमा रहेको जानकारी राजदूत थम्पसनलाई गराएका थिए ।सुशासन, विकास, सेवाप्रवाह, वैदेशिक लगानीलगायत विषयमा पनि छलफल भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–नारायणी किनारमा ६४ शव फेला, भरतपुर अस्पतालको शवगृह भरियो

 हवाई उद्धार : ‘बस्ती खण्डहर बने, हेलिकप्टर बसाल्ने ठाउँसमेत छैन’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu