ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रिट दर्ता अब अनलाइनबाटै, सर्वोच्चले माग्यो यस्तो विवरण


एबीसी न्यूज
१५ चैत्र २०८०, बिहिबार   १ : ५९   बजे

काठमाडौं १५ चैत । सर्वोच्च अदालतले अब अनलाइनबाटै रिट निवेदन दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ।

त्यसका लागि सर्वोच्चले ल फर्म अभिलेखीकरण गर्ने प्रक्रिया अघि बढाएको छ। अनलाइनबाटै रिट निवेदन दर्ताका लागि सबै ल फर्महरूलाई अभिलेखीकरणमा आउन सर्वोच्चले बोलाएको छ।

सर्वोच्च अदालत सूचना प्रविधि समितिको मिति यही चैत ७ गते बसेको बैठकको निर्णयअनुसार निवेदनहरू अनलाइन प्रणालीमार्फत पनि दर्ता गर्न सकिने गरी प्रणाली विकास गरिएको हो।

 

सर्वोच्चले उक्त प्रणाली चाँडै नै सुरुवात गर्न लागिएको पनि जानकारी दिएको छ।

उक्त प्रणालीमार्फत रिट निवेदन दर्ताको प्रक्रिया अगाडि बढाउने प्रयोजनका लागि ल फर्महरू अभिलेखीकरण गर्न आवश्यक कागजातहरू सहित एउटा फाराम भरेर १५ दिनभित्र अदालतको रिट दर्ता शाखामा सम्पर्क गर्न सर्वोच्चले भनेको छ।

आवश्यक कागजातहरू ईमेलमार्फत पनि पठा प्रणालीमा ल फर्म अभिलेखीकरण गर्न निवेदन दिन पनि सर्वोच्चले ल फर्महरूलाई भनेको छ।

सर्वोच्चले प्राप्त निवेदनहरू प्रणालीमा अभिलेखीकरण भपएछि प्रणाली सञ्चालनका लागि आवश्यक प्रयोगकर्ता पहिचान ९युजर आइडी० तथा पासवर्ड एसएमएस तथा इमेलमार्फत उपलब्ध गराइने जनाएको छ।

सर्वोच्चले रिट निवेदनको अनलाइनमार्फत दर्ता गर्ने प्रयोजनका लागि ल फर्म अभिलेखीकरणसम्बन्धी फाराम सर्वोच्च अदालतको वेबसाइटबाट डाउनलोड गर्न सकिने जनाएको छ।

आवश्यक कागजात
१। ल फर्म दर्ता तथा नवीकरणसम्बन्धी कागजातहरूको प्रमाणित प्रतिलिपि।
२। कर प्रयोजनका लागि फर्म दर्ता तथा नवीकरणसम्बन्धी कागजातहरूको प्रमाणित प्रतिलिपि।
३। सञ्चालकहरूको नागरिकताको प्रमाणित प्रतिलिपि।
४। कानून व्यवसायीको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group