काठमाडौं १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढुंगागिट्टी(बालुवा सम्बन्धी विधेयक छिटो टुंगिने बताएका छन् ।
राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकलाई सम्बोधन गर्दै उनले यो विधेयकलाई छिटो टुंग्याइने बताए ।
यो विधेयकले टुंगो पाएसँगै स्थानीय तहदेखि प्रदेशले समेत उठाएका निर्माणसँग सम्बन्धित समस्या समाधान हुने उनको भनाइ छ ।
उनले काम गर्न नसक्ने हो भने पद ओगटेर बसिराख्नु आवश्यक नरहेको बताए ।
संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरकार गम्भीर रहेको भन्दै उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयेगले उठाएका विषयलाई गम्भीर रुपले लिएको बताए ।
प्रतिक्रिया दिनुहोस्