ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीमा बज्राचार्य मन्त्री बनेपछि हानेपामा विवाद, अध्यक्षले दिए कारबाहीको चेतावनी


एबीसी न्यूज
१६ चैत्र २०८०, शुक्रबार   १२ : ४९   बजे

काठमाडौं १६ चैत । हाम्रो नेपाली पार्टी हानेपाका सांसद शैलेन्द्रमान बज्राचार्य बागमती प्रदेश सरकारमा मन्त्री बनेपछि सो पार्टीमा विवाद भएको छ । पार्टीका अध्यक्ष अनन्तराज घिमिरेले पार्टीको निर्णय विपरीत बज्राचार्य सरकारमा सहभागी भएको भन्दै कारबाहीको चेतावनी दिएका छन् ।

मकवानपुरको हेटौंडामा शुक्रबार पत्रकार सम्मेलन गर्दै हाम्रो नेपाली पार्टीका अध्यक्ष घिमिरेले बज्राचार्यलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले बज्राचार्यलाई सत्तापक्षले ‘राजनीतिक अपहरण’ गरेको आरोप लगाए । उनले हाम्रो नेपाली पार्टी विकृत राजनीतिमा नलाग्ने पनि बताए ।

बागमती प्रदेश सभामा हाम्रो नेपाली पार्टी संसदीय दलका नेता बज्राचार्य बुधबार सरकारमा सहभागी भएका थिए । उनलाई मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गरेका छन् ।

अध्यक्ष घिमिरेले भने सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने पार्टीको निर्णय विपरीत बज्राचार्य लागेको आरोप लगाए । उनले मन्त्रीमा नियुक्त हुनु अगाडि पार्टीसँग कुनै छलफल नगरेको र शुक्रबार बिहानसम्म पनि सम्पर्क हुन नसकेको अध्यक्ष घिमिरेले जानकारी दिए । यद्यपि, सपथ लिएपछि बज्राचार्यले पार्टीको सल्लाहमै मन्त्री नियुक्त भएको बताएका थिए ।

बज्राचार्यलाई हेटौंडा–१०, स्थित प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले साढे ६ बजे पद तथा गोपनीयताको सपथ गराए थिए । बिहीवार साँझ बज्राचार्यले सपथ लिँदा घिमिरे प्रदेश प्रमुख कार्यालयमै उपस्थित थिए । उनले आफू प्रदेश प्रमुख कार्यालय बाहिरै बसेको बताए ।

हाम्रो नेपाली पार्टीले जम्कट्टेल नेतृत्व सरकारलाई दिएको समर्थन ९ चैत मंगलबार फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको हप्ता दिन नपुग्दै बज्राचार्य मन्त्री बनेका हुन् । हाम्रो नेपाली पार्टीले यसअघि ४ चैतमा विज्ञप्ति जारी गरेर मुख्यमन्त्रीमा दाबी रहेको जनाएको थियो ।

तर विहीबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच ५ बुँदे सहमति भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group