ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘देश विकासमा उद्योगी र व्यवसायीको योगदान महत्वपूर्ण’


एबीसी न्यूज
१६ चैत्र २०८०, शुक्रबार   २ : ०६   बजे

काठमाडौं १६ चैत । सङ्घीय सरकारका रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मुलुकको अर्थतन्त्रको विकासमा उद्योगी, व्यवसायीको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । धनुषाको ढल्केबरमा आयोजित मधेश प्रदेश उद्योग परिसङ्घको प्रथम साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

रक्षामन्त्री उप्रेतिले मुलुकको समग्र अर्थतन्त्रलाई लिएर उद्योगी, व्यवसासइले निराशाको कुरा मात्रै गर्नु नहुने बताउँदै निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्रै राष्ट्रको समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

विश्वका ठूलो अर्थतन्त्र भएको मुलुक चीन र भारत पनि कुनै समय आर्थिक सङ्कटबाट गुज्रिएको उदाहरण दिँदै उहाँले भन्नुभयो, “अब निराशाको कुरा गरेर मात्रै फाइदा छैन। उद्योगी, व्यवसायी उर्जाशील भएर लाग्नुपर्छ तब मात्र यो सङ्कबाट पार पाउन सकिन्छ ।” मुलुकको अर्थतन्त्र बलियो बनाउने जिम्मेवारी उद्योगी, व्यवसायीको काँध रहेको उहाँको भनाइ छ ।

रक्षामन्त्री उप्रेतीले मधेश प्रदेशका उद्योगी व्यवसायीहरुको समस्या समधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मधेश प्रदेशमा थुप्रै प्रसिद्ध धार्मिक स्थल भएकाले धार्मिक पर्यटन विकास जोड दिनुपर्ने धाणा राख्दै भारतको अयोध्या भ्रमणमा आउने पर्यटकमध्ये पाँच प्रतिशतलाई पनि जनकपुरधाम भित्रियाउन सके अर्थतन्त्रको खुड्किलो चढ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । जनकपुरधामको विकासका लागि भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग प्रस्ताव गरेको र उताबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताउनुभयो ।

कार्यक्रममा उद्योग परिसङ्घका केन्द्रीय अध्यक्ष राजेश अग्रवालले उत्पादनमा लागत घटाउन थप भन्सार नाका खोल्नुपर्ने बताउनुभयो । मधेश प्रदेशको मध्य भागमा रहेको उद्योगका लागि वीरगङज र विराटनगर भन्सार नाका भएर कच्चा पदार्थ आयात गर्नुपरेकाले उत्पादन लागत बढेर महङ्गो भएको बताउँदै उहाँले धनुषाको जटही र महोत्तरीको भिठ्ठामोड भन्सार नाकाबाट पनि कर्चा पदार्थ आयात गर्ने प्रबन्ध सरकारले मिलाउनुपर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ूछिमेकी मुलुक भारतमा अनुदानमा सामान उत्पादन हुन्छ । हामीले ऋणमा उत्पादन गर्छौँ । अनि कसरी प्रतिस्पर्धामा गर्न सक्छौँ । त्यसैले उत्पादन लागत घटाउने विषयमा सरकारको ध्यान पुग्नु जरुरी छ ।ू

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu