ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैशाख अन्तिम साता सुपर सिक्सेसको सातौँ संस्करण


एबीसी न्यूज
१६ चैत्र २०८०, शुक्रबार   २ : ४२   बजे

काठमाडौं १६ चैत । एसएस इभेन्ट्स प्रालि र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेसको सातौँ संस्करण वैशाख अन्तिम साता हुने भएको छ।

एसएस इभेन्ट्सले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सातौँ संस्करण आगामी वैशाख २३ देखि २८ गतेसम्म हुने जानकारी दिएको हो।

 

तीन वर्षपछि हुन लागेको कर्पोरेट सुपर सिक्सेसमा कुल २४ टोलीले प्रतिस्पर्धा गर्ने इभेन्ट्स प्रालिका निर्देशक सुमित रौनियारले जानकारी दिए।

लिगकम नकआउटमा हुने प्रतियोगिता पाँच ओभरमा खेलाइने छ।

आफूहरूले नाफा कमाउने भन्दा पनि नेपाली क्रिकेटको विकास गर्ने र कर्पोरेट सेक्टरलाई क्रिकेटमा भित्र्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्ने गरेको प्रालिका निर्देशक रौनियारले बताए। आउने दिनमा उमेर समूहका प्रतियोगिता आयोजना गर्ने योजना रहेको समेत उनले सुनाए।

सन् २०१४ देखि आयोजना भइरहेको प्रतियोगतामा यो संस्करणदेखि नेकोस जोडिएको हो। सम्झौतापत्रमा इभेन्ट्सका निर्देशक रौनियार र नेकोसका सचिव विप्लव घोषले सम्झौतापत्रमा हस्ताक्षर गरे।

पछिल्लोपटक सन् २०२० मा छैटौँ संस्करण आयोजना भएपछि कोरोना महामारी र त्यसपछिको आर्थिक संकटका कारण प्रतियोगिता हुन सकेको थिएन।

प्रतियोगिताका विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन्। प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पनि पुरस्कार पाउनेछन्।

सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गर्ने आयोजकले जनाएको छ। काम गरेको ६ महिना पूरा भएमा व्यावसायिक क्रिकेटरले पनि कर्पोरेट हाउसबाट खेल्ने पाउने एसएस एभेन्ट्सका निर्देशक रौनियारले जानकारी दिए।

प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu