ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘आइइसी डिजाइनर रनवे’मा अभिनेत्रीदेखि मोडलसम्म एउटै र्याम्पमा


एबीसी न्यूज
१७ चैत्र २०८०, शनिबार   ३ : २०   बजे

काठमाडौँ । बिभिन्न आकर्षक डिजाइनका फेसन प्रस्तुत गर्दै १३औँ संस्करणको ‘आइइसी डिजाइनर रनवे’ सम्पन्न भएको छ । जोय कस्मेटिक नेपालको प्रस्तुतिमा शुक्रबार काठमाडौंको होटल याक एण्ड यतिमा आयोजित शोमा अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मेलिना जोशी, प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पण जंग कार्की, मोडल सविता कार्की, जेड दीपिका गारेट लगायतका सेलिब्रेटी एउटै ¥याम्पमा प्रस्तुत भएका थिए । उनीहरु शो टपरको रुपमा विभिन्न आकर्षक पहिरनसहित ¥याम्पमा प्रस्तुत भएका हुन् ।

भारत, रसिया, सर्बिया लगायतका १३ अन्तर्राष्ट्रिय मोडलको समेत सहभागिता रहेको शोमा नेपालका २६ मोडलले पहिरनका नयाँ र आकर्षक डिजाइनहरू प्रस्तुत गरेका थिए ।

अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको समेत प्रत्येक्ष सहभागीता रहेको शाको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले बहन गरेको थियो । अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसनको शोको रुपमा ‘आइससी डिजाइनर रनवे’ आयोजना भएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए । सहभागीले १३औं ‘आइससी डिजाइनर रनवे’ अहिले सम्मकै उत्कृष्ट फेसन शोको रुपमा चर्चा गरेको उनको भनाई छ ।

शोमा आइसी कलेजका २०२१ ब्याजका ७३ जना विद्यार्थीले डिजाइनरहरुले तयार पारेका फरक फरक पहिरन १५ सिक्वेलमा मोडलले र्याम्पमा प्रस्तुत गरेका थिए ।

आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले ‘आइइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनु रहेको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu