ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री लामिछाने बारे प्रहरी प्रमुखको जवाफले संशय पैदा गर्‍यो- कांग्रेस


एबीसी न्यूज
१८ चैत्र २०८०, आइतबार   १ : ४८   बजे

काठमाडौं १८ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनाका सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सम्बन्धमा प्रहरी प्रमुखले दिएको जवाफले संशय पैदा गरेको बताएको छ ।

आइतबार प्रतिनिधि सभाको बैठकमा समय लिएर पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सांसद संजयकुमार गौतमले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्रीको जवाफ, प्रहरी प्रमुखको जवाफ र विकसित घटना क्रमले एउटा संशय पैदा भएको छ,’ कांग्रेस सांसद गौतमले भने ।

यही चैत १४ गते प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रहरी महानिरीक्षक वसन्त कुँवरले पोखरास्थित सूर्यदर्शन सहकारीको ठगीमा लामिछाने निर्दोष रहेको बताएका थिए ।

सहकारीको ठगीका सन्दर्भमा ‘सबै इस्युको मेन जड’ जीबी राई रहेको उल्लेख गर्दै उनले भनेका थिए, ‘रवि लामिछानेको नाम आएको छ, तर यसमा उहाँको कुनै संलग्नता देखिएको छैन ।’

प्रहरी महानिरीक्षक कुँवरले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेलाई निर्दोष भनेको स्मरण गर्दै कांग्रेस सांसद गौतमले यस्तो बताएका हुन् ।

कांग्रेसले गत फागुन २४ गतेदेखि गृहमन्त्री लामिछानेका सन्दर्भमा संसदमा प्रश्न उठाउँदै आएको छ । त्यसयता बसेका हरेक बैठकको सुरुमै कांग्रेसले गृहमन्त्रीका सन्दर्भमा प्रश्न उठाउने गरेको छ ।

सुरुमा कांग्रेसले गृहमन्त्रीको नियुक्तिका सन्दर्भमा प्रधानमन्त्रीको जवाफ मागेको थियो । चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको रकम हिनामिनाका विषयमा गृहमन्त्री लामिछाने कतै संलग्न नरहेको प्रहरी ब्रिफिङ रहेको बताएका थिए ।

प्रधानमन्त्रीको जवाफमा कांग्रेसले चित्त बुझाएको छैन । प्रधानमन्त्रीको जवाफ चित्त नबुझेपछि कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ । यो मागमा अडिग रहेको कांग्रेस सांसद गौतमले बताएका छन् ।

कतिपयले गृहमन्त्रीमाथि राजनीतिक पूर्वाग्रहका आधारमा कांग्रेसले प्रश्न उठाएको भनेको स्मरण गर्दै सांसद गौतमले भने, ‘राजनीतिक पूर्वाग्रहको रुपमा यो उठेको होइन ।’ आफूहरुले सुरुमा प्रधानमन्त्रीको जवाफ खोजेको तर, प्रधानमन्त्रीले क्लिन चिट दिन खोजेपछि संशय पैदा भएको उनले बताए ।

लामिछानेको गृहमन्त्रालयमा स्वार्थ बाझिने पनि उनले बताए । यो विषय नैतिक विषय भएको बताए । विगतमा कांग्रेसका तर्फबाट अर्थमन्त्री रहेका बेला रामशरण महतमाथि प्रश्न उठ्दा राजीनामा दिएको, माओवादी केन्द्रका कृष्णबहादुर महराको सन्दर्भमा प्रश्न उठ्दा राजीनामा आएको स्मरण गर्दै उनले प्रश्न उठ्दैमा त्यसलाई राजनीतिक रुपमा हेर्न नहुने उनले बताए ।
प्रश्न उठेका व्यक्तिका सन्दर्भमा प्रधानमन्त्री गम्भीर नभएको कांग्रेस सांसद गौतमको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डलाई सांसद गौतमको प्रश्न छ, ‘प्रधानमन्त्रीज्युले ठूलो माछा काखीमा च्यापेर सानो माछा मात्रै खोजी गर्ने कुरामा प्रतिबद्धता जनाएर पुग्छ रु’ आफूहरुले गम्भीर रुपमा प्रश्न उठाएको र गृहमन्त्रीका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा कायम रहेको बताए ।

आफूहरुका लागि संसद चाहिएको र संसद चलाउने विषयमा गम्भीर रहेको बताए । आफूहरु संसद अवरोधको पक्षमा नरहेको उल्लेख गर्दै उनले संसदीय छानबिन समिति गठनका लागि तयार हुन सत्तारुढ दलहरुलाई आग्रह गरे । अन्यथा, निरन्तर विषय उठाइरहने र आवश्यक परे संसद अवरोध गर्ने र जनतामा जाने उनको चेतावनी छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप २०२६ को राउण्ड अफ ३२ को समीकरण पूरा, ३२ टोलीको नकआउट यात्रा तय

अर्जेन्टिनाको अपराजित यात्रा कायम, जोर्डनलाई ३–१ ले हराउँदै समूह विजेता

सम्बन्धित

विश्वकप २०२६ को राउण्ड अफ ३२ को समीकरण पूरा, ३२ टोलीको नकआउट यात्रा तय

अर्जेन्टिनाको अपराजित यात्रा कायम, जोर्डनलाई ३–१ ले हराउँदै समूह विजेता

विश्वकप २०२६ : डीआर कंगोको ऐतिहासिक पुनरागमन, कोलम्बिया समूह विजेता, पोर्चुगल दोस्रो हुँदै अन्तिम ३२ मा

डीआर कंगोको ऐतिहासिक पुनरागमन, उज्बेकिस्तानमाथि ३–१ को जितसँगै अन्तिम ३२ मा; कोलम्बिया र पोर्चुगल गोलरहित बराबरीमा

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu