ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा हाइड्रोजन उत्पादन र गाडीमा ‘रिफ्युलिङ’ इन्धन भर्ने काम सफल


एबीसी न्यूज
१८ चैत्र २०८०, आइतबार   २ : ४०   बजे

काठमाडौं १८ चैत । नेपालमा हाइड्रोजन उत्पादन र गाडीमा रिफ्युलिङ इन्धन भर्ने काम सफल भएको छ।  काठमाडौं विश्वविद्यालयको प्रयोगशालाले पानीबाट हाइड्रोजन उत्पादन गरी गाडीमा इन्धनको रुपमा गरेको प्रयोग सफल भएको हो।

नेपाल आयल निगमको सहयोगमा काठमाडौं विश्वविद्यालयले हाइड्रोजन प्रयोगशाला सञ्चालनमा ल्याएको थियो। उक्त प्रयोगशालाले दक्षिण कोरियाबाट हाइड्रोजन गाडी र रिफ्युलिङ मेसिन ल्याएको थियो।

 

‘नेपालमा एउटा इतिहास बनेको छ। पहिलो पटक हाइड्रोजन उत्पादन भई गाडीमा रिफ्युलिङ भएको छ’, प्रयोगशालाका प्रमुख डा। विराज सिंह थापाले  भने, ‘नेपालको लागि आज हाइड्रोजन दिवस हो।’

पानीबाट हाइड्रोजन उत्पादनको लागि विद्युत् आवश्यक पर्छ। विश्व बजारमा नयाँ ऊर्जाको रुपमा हाइड्रोजन विकास भइरहँदा नेपालको सम्भावना बढी छ।

सरकारले हाइड्रोजनसम्बन्धी नीति बनाइसकेको छ। अब हाइड्रोजनसम्बन्धी ऐन र नियमावली बनाई नेपालमा हाइड्रोजनलाई इन्धनको रुपमा स्वीकार गर्नुपर्ने आवश्यकता छ।

नेपालमा हाइड्रोजनको गाडी भित्रिए पनि आवश्यक कानुन नहुँदा गाडीमा नम्बर प्लेट राख्नै अप्ठ्यारो छ।

थापाले पानी र विद्युत् नेपालकै आफ्नै उत्पादन भएकाले हाइड्रोजनमा नेपालले नेतृत्व गर्न सक्ने बताउँदै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu