ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रशिक्षार्थी कर्मचारी लिने कार्यविधिमाथि संसद्‌मा प्रश्न


एबीसी न्यूज
२० चैत्र २०८०, मंगलबार   ३ : ०७   बजे

काठमाडौं २० चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रशिक्षार्थी कर्मचारी भर्ना गर्ने गरी ल्याएको ‘प्रशिक्षार्थी ९इन्टर्न० सम्बन्धी कार्यविधि’ २०८० माथि प्रश्न उठेको छ ।

कार्यविधिमा शिक्षा मन्त्रालयका लागि अनुसन्धान, लेखन, डेटा भिज्युलाइजेसन, सञ्चारयोग्य सामग्री निर्माण, दैनिक सेवा प्रवाह चुस्त पार्न प्रशिक्षार्थी कर्मचारी लिने उल्लेख छ ।

मन्त्रालयको यस्तो कदमले निजामती कर्मचारीलाई अविश्वास गरेको सन्देश गएको र यो प्रवृतिले प्रशासनलाई ‘प्यारालाइज्ड’ गर्ने भन्दै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डेले संसद्‌मा प्रश्न उठाएका छन् ।

मन्त्रालयकै कतिपय शाखा कामविहीन भएका बेला शिक्षामन्त्रीले ‘एजुकेसन क्याटलिष्ट’ ९शिक्षा उत्प्रेरक० को नाममा प्रशिक्षार्थी कर्मचारी लिने सम्बन्धी कार्यविधि ल्याएको भन्दै उनले विरोध गरे । पाण्डेले भने, ‘शिक्षा मन्त्रालयमा रहेका निजामती कर्मचारीहरूलाई अविश्वास गर्दै प्रशिक्षार्थीहरूलाई काम दिने मन्त्रीज्यूको निर्णय सरासर ७४ हजार निजामती प्रशासनलाई ‘प्यारालाइज्ड’ गर्ने गरी ल्याएको नीति हो भन्ने मलाई लाग्छ ।’

कार्यविधि बन्न त्यसलाई गाइड गर्ने कानुन चाहिने उल्लेख गर्दै उनले शिक्षामन्त्रीलाई प्रश्न गरे, ‘यो कार्यविधि कुन ऐन अन्तर्गत बन्यो रु कर्मचारी बाहिरबाट ल्याएर मन्त्रालयको काम चलाउन खोज्दा निजामती कर्मचारीतन्त्रमाथि हस्तक्षेप हुन्छ कि हुँदैन रु कर्मचारीको मनोबल गिर्छ कि गिर्दैन रु’

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का नेताहरूले आफूलाई नयाँ भएको र नयाँ ढंगले काम गरेर देखाउने बताउने गरेको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘शिक्षामन्त्रीले भइरहेको प्रशासनलाई विश्वास नगरी अन्यत्र हिंड्न खोजिरहेको देखिन्छ । हामी नयाँ हौं । नयाँ कुरा गरेर देखाउँछौं भनेको यही हो रु’

‘प्रशिक्षार्थी कर्मचारीबाट सरकारका गोप्य कागजहरू दुरुपयोग हुन्छन् कि हुँदैनन् रु’ सांसद पाण्डेले प्रश्न गरे । यो प्रश्न सिंगो सरकारले सुन्नुपर्ने उनको भनाइ छ । यसमा प्रधानमन्त्री गम्भीर हुनुपर्ने पाण्डेले बताए ।

पाण्डेले भने, ‘प्रधानमन्त्रीले सरकारका मन्त्रीले आफूखुसी मन्त्रालय चलाउने छुट दिनुभएको हो रु यो सबै छुट्टै आइल्याण्ड हो रु जे मन लाग्यो त्यही निर्णय गर्न पाइन्छ रु शिक्षामन्त्रीले झै गृह मन्त्रीले छुट्टै प्रशिक्षार्थी प्रहरी र रक्षा मन्त्रीले प्रशिक्षार्थी सेना भर्ना गर्न पाउने कि नपाउने रु’ पाण्डे भन्छन्, ‘यो खालको कामले देशलाई कहाँ पुर्‍याउँछ रु विधिको शासनलाई कहाँ पुर्‍याउँछ ।’

यस सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने उनले माग गरे । उनले भने, ‘प्रशिक्षार्थी कर्मचारीले राष्ट्रलाई कति फाइदा पुग्छ । निजामतीलाई नकारात्मक प्रभाव पर्छ कि पर्दैन रु सम्बन्धित मन्त्रीले संसद्‌मा आएर उत्तर दिन जरुरी छ, सभामुख महोदय रुलिङ होस् ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group