ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचनका उम्मेदवार टुंगो लगाउन आज पनि कांग्रेस बैठक


एबीसी न्यूज
२१ चैत्र २०८०, बुधबार   १ : ४७   बजे

काठमाडौं २१ चैत । उपनिर्वाचनका उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको संसदीय बोर्ड र कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । मंगलबार बसेको बैठकले उम्मेदवार चयन गर्न नसकेपछि आज पुनः बैठक बस्न लागेको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो २ बजे संसदीय बोर्ड र अपराह्न ४ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

कांग्रेस नेताहरुका अनुसार इलाम(२ बझाङ प्रदेश सभा ९१० दुबै तिर उम्मेदवारका नामलाई लिएर विवाद छ ।

सभापति देउवा पक्ष इलाम(२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउनुपर्ने अडानमा छ ।शेखर–गगन पक्षले भने भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने माग राखिरहेको छ । जिल्ला सभापति समेत रहेका खड्का गत निर्वाचनमा पराजित भएका थिए ।

बझाङमा देउवा पक्षले अभिषेक सिंहलाई उम्मेदवार बनाउन चाहेका छन् । अर्को पक्षले जिल्लाका पुराना नेता जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडानमा छ ।

आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि र बझाङको क्षेत्र नम्बर १ ९१०मा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

इलाममा तत्कालीन एमालेका सांसद सुवास नेम्वाङको निधन भएकाले र बझाङमा तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।

इलाम क्षेत्र नम्बर २ का लागि कांग्रेस कोशी प्रदेशले भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमार, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला तामाङको नाम केन्द्रमा सिफारिस गरेको छ ।

यसैगरी बझाङका लागि कांग्रेसले दुर्घटनामा निधन भएका तत्कालीन मन्त्री पृथ्वीबहादुर सिंहका छोरा अभिषेक सिंह, सत्यराज भण्डारी, विष्णु कुमार सिंह, जगतप्रसाद जोशी, नन्दकृष्ण जोशी, लोकेन्द्र बहादुर रोकाया, शान्तीकुमारी बोहरा, अर्जुन स्याडाँ, ध्रुवराज उपाध्याय र नारायण हमाललाई सिफारिस गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu