ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक एक हप्तामा टुङ्गोमा पुर्‍याउनुपर्ने


एबीसी न्यूज
२२ चैत्र २०८०, बिहिबार   २ : ३०   बजे

काठमाडौं २२ चैत । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक एक हप्ता भित्रमा टुङ्गोमा पुर्‍याउनुपर्ने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफलको क्रममा बोल्नुुहँदै मन्त्री गिरीले सो विधेयकलाई एक हप्ताभित्र टुङ्गोमा पुर्‍याउनुपर्ने बताउनुभएको हो ।

उहाँले संसदको हिउँदे अधिवेशनको समय धेरै बाँकी नरहेको भन्दै चालु हिउँदे अधिवेशनमै समितिले विधेयकलाई पारित गरेर संसदमा पठाउनुपर्ने बताउनुभयो । उहाँले एक हप्ताभित्र पारित गर्नेगरी तीव्रताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । चालु अधिवेशनमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पुर्‍याउन सके राम्रो उपलब्धि हुने उहाँको भनाइ छ ।

‘‘मैले यसभन्दा अगाडिको बैठकमा पनि माननीयज्यूहरुलाई आग्रह गरेको थिएँ, संसदको यो हिउँदे अधिवेशनको धेरै समयावधि सायद छैन । यसबिचमा हामीले कम्तिमा पनि यो केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुङ्ग्याएर ऐनको रुपमा अगाडि बढाउनको निम्ति सक्यौँ भने राम्रो उपलब्धि हुनसक्छ भन्ने लागेको छ ।,’’ मन्त्री गिरीले भन्नुभयो, ‘‘हामीसँग धेरै समय छैन । जसले गर्दाखेरी हामी तीव्रताका साथ काम गर्नुपर्ने छ र आउँने एक हप्ताभित्र यसलाई टुङ्गोमा पुर्‍याउनुपर्ने छ र संसदमा प्रतिवेदन बुझाउने स्थितिमा हामी जान सक्यौँ भने राम्रो उपलब्धि हुन्थ्यो भन्ने मलाई लाग्छ ।’’

मन्त्री गिरीले छलफलका क्रममा सांसदहरुले राखेको सुझावहरुको सन्दर्भमा मन्त्रालयमा छलफल गरेर धारणा तय गर्ने बताउनुभयो । विधेयकको सम्बन्धमा बाँकी रहेका छलफलहरुमा सम्बन्धित मन्त्री बसेर छलफल अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group