ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेबानमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा संघर्ष बिष्ट निर्वाचित


एबीसी न्यूज
२२ चैत्र २०८०, बिहिबार   ४ : १३   बजे

काठमाडौं, २२ चैत्र ।  रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेबान) मा नया कार्यसमितिमा चयन भएको छ । बुधवार साँझ काठमाडौंमा रेष्टुरेण्ट एण्ड बार एशोसिएशनको ३४ औं वार्षिक साधारण सभा तथा ११औं महाधिवेशनबाट अध्यक्षमा संघर्ष बिष्ट, प्रथम उपाध्यक्षमा नरेशध्वज श्रेष्ठ, क्षेत्रगत उपाध्यक्षमा लक्ष्मण बराल पोखरा, क्षेत्रगत उपाध्यक्षमा नरेश गिरी, सौराह, महासचिवमा शरदकुमार दाहाल, कोषाध्यक्षमा विप्लव भट्ट, सचिवमा सचिन कर्माचार्य, सहकोषाध्यक्षमा उद्धव ढकाल निर्वाचित हुनुभएको छ । कार्यसमिति सदस्यमा अनुपलाल कक्षपती, नृपेश श्रेष्ठ, गुणराज श्रेष्ठ, तैजससुन्दरलाल कक्षपती, रितेश श्रेष्ठ, डोलबहादुर थापा सारु, निःवर्तमान अध्यक्ष अरनिको राजभण्डारी, पदेन सदस्यमा नरेश भट्टराई, ध्रुव गिरी, जितेन्द्रलाल भूमी, अच्युत भट्ट, मनोनित सदस्यमा एकराज अधिकारी र देवेन्द्र गिरी चयन हुनुभएको छ ।

यसैबीच उपसभामुख इन्दिरा रानाले नेपालमा लगानी बढाउन उद्योगी, व्यवसायीहरुसग आह्वान गर्नुभएको छ । बुधवार साँझ रेबानको ३४औं वार्षिक साधारण सभा तथा ११ औं महाधिवेशनको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेकी हुन् । उनले निजी क्षेत्रले नेपालमा कमाएर विदेशमा लगानी गर्ने भन्दा मेरो देश आफैँ बनाउँछु भन्ने नारासहित नेपालमै लगानी गर्न आवश्यक रहेको बताइन् । नेपाली खानेकुराहरुलाई ब्राण्डिङ गरी विश्वमा पुर्याउनसके नेपाली युवाहरुलाई धेरै भन्दा धेरै रोजगारी दिन सकिने बताइन् । कार्यक्रममा रेष्टुरेण्ट तथा बार एशोसिएशन नेपाल (रेबान) का नवनिर्वाचित अध्यक्ष संघर्ष बिष्टले रेबानको विधान संशोधन गरी रेबानलाई देशभर फैल्याउने योजना रहेको बताए । उनले रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अहिले ६\७ वटा जिल्लामा मात्रै सिमित रहेको भन्दै देशभर फैल्याउनका लागि नेपाल उद्योग वाणिज्य महासंघ लगायतका संघ संस्थाहरुसँग् सहयोग गर्न आग्रह गरे । उनले रेबान बलियो भए अन्य निजी संघसंस्थाहरु बलियो हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group