ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद् खुलाउन प्रधानमन्त्रीको अग्रसरता, सभामुखसहित विपक्षी नेतासँग बालुवाटारमा छलफल


एबीसी न्यूज
२७ चैत्र २०८०, मंगलबार   २ : ११   बजे

काठमाडौं २७ चैत । संसद् खुलाउन प्रधानमन्त्री प्रचण्ड सक्रिय भएका छन्।  मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि उनले सभामुखसहित सत्ता साझेदार तथा प्रमुख प्रतिपक्षी दलका नेतासँग बालुवाटारमा छलफल गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठलगायत सहभागी छन्।

 

छलफल जारी रहेको बालुवाटार स्रोतले जनाएको छ।

प्रमुख प्रतिपक्षी कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई लागेको सहकारी ठगी आरोपको छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्ने माग गर्दै सदन अवरूद्ध गरिरहेको छ।

आजै बिहान बसेको कांग्रेसको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरण अनुसन्धानका लागि संसदीय छानबिन समिति गठन नगरे संसद् बैठक चल्न नदिने निर्णय गरेको छ।

साथै कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने चेतावनी पनि दिएको छ।

कांग्रेस नेता रमेश लेखकले संसदीय दलको बैठकपछि भने, ‘तत्काल सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ। कांग्रेस संसद् अवरोध गर्न चाहँदैन, तर नेपाली कांग्रेसको मागप्रति सरकार गैरजिम्मेवार भयो भने संसद् अवरुद्ध भयो भने त्यसको जिम्मा सरकारले लिनुपर्छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group