ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दमकमा आगलागी- लाइफलाइन अस्पतालको डाइलोसिस उपकरण जलेर नष्ट


एबीसी न्यूज
२८ चैत्र २०८०, बुधबार   ११ : १९   बजे

काठमाडौं २८ चैत । झापाको दमकस्थित लाइफलाइन अस्पतालसँग जोडिएको एक होटलबाट सुरु भएको भीषण आगलागीबाट लाइफलाइन अस्पतालको डाइलोसिस सेवामा ठुलो क्षति पुगेको छ । डाइलोसिस सेवा दिइरहेको भवन तथा त्यहाँ भित्र रहेका स्वास्थ्य उपकरणहरु प्रयोग गर्न नसक्ने गरी क्षति भएको अस्पतालले जनाएको छ ।

मङ्गलबार बेलुकी ७ बजेतिर सुरु भएको आगोलागीबाट लाइफलाइन अस्पतालमा डेढ करोडसहित अढाइ करोडभन्दा बढि क्षति भएको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ । तीन वटा होटल तथा घरहरु समेथ पूर्णरुपमा जलेर नष्ट बनेका छन् । करिब डेढ घण्टामा दमकका दुई वटा, कमल गाउँपालिका, गौरादह, उर्लाबारी, पथरी शनिश्चरेका गरेर ६ वटा दमकलहरुले आगो नियण्त्रणमा लिएको थियो ।

क नगरपालिका वडा न।५ लाइफलाइन अस्पताल छेउमा बस्ने प्रेम धिमालले घरमा सञ्चालन गरेको स्नेहा होटलमा इन्भटरको लाइन सर्ट भई अचानक आगलागी भएको बताइन्छ । डाइलोसिस वार्डको झ्यालबाट आगो पसी ६ वटा डाइलोसिस मेसिन, तीन वटा एसी, एउटा सीसी क्यामेरा, मेडिकल उपकरण गरी जम्मा एक करोड ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

धिमालको घर सबै खरानी भएको छ । उक्त घरमा रहेको धनसम्पत्ति गरेर ७९ लाख ९० हजार बराबरको क्षति भएको जनाइएको छ । सँगै जोडिएको रामवती भुजेलको पक्की वाल र टिनको छानो भएको एकतले घरमा आंशिक क्षति पुगेको छ । छेउमा रहेको रुवि होटल पनि क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी कृष्णकुमार चन्दका अनुसार आगो नियण्त्रणका लागि जनपथ प्रहरी, शसस्त्र प्रहरीसहितको टोलीले खटिएको थियो । प्रारम्भिक क्षति विवरण अनुसार अढाइ करोडको क्षति पुगेको छ । बाक्लो बस्ति भएको ठाउँ र अस्पतालमा नै आगोलागी भएको भए पनि आगो नियण्त्रणका लागि छिटो प्रयास भएकाले कुनै पनि मानवीय क्षति नभएको बताइन्छ ।

लाइफलाइन अस्पतालले तत्कालै आइसियु, एनआइसियु, प्रसुस्ती वार्डका बिरामीहरुलाई सुरक्षित स्थल तथा अन्य भवनहरुमा लगेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group