ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशलाई आधुनिक र औद्योगिक मुलुकमा रुपान्तरण गर्न आवश्यक


एबीसी न्यूज
२८ चैत्र २०८०, बुधबार   ११ : ५३   बजे

काठमाडौं २८ चैत । पूर्वप्रधानमन्त्री एवम् नेकपा ९एकीकृत समाजवादी० का सम्मानित नेता झलनाथ खनालले देश औद्योगिकरण हुन नसक्नुको कारण पहिचान गरी देशलाई आधुनिक र औद्योगिक मुलुकमा रुपान्तरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश औद्योगिकरण हुन नसक्नुको आधारभूत कारण खोज्न जरुरी रहेको बताउनु भयो । उहाँले देशका राष्ट्रिय उद्योग धन्दाहरुलाई विकास गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले पानीजन्य उद्योगको विकास गर्न पनि आवश्यक नीति बनाउन नसकेको बतउनु भयो । विदेशीहरुको अपेक्षा गरेर मात्रै देशको विकास सम्भव नहुने बताउनु भयो ।

‘‘देश औद्योगिकरण हुन नसक्नुको कारण के हुन्, आधारभूत कारणहरु हामीले खोज्नुपर्छ । आधारभुत कारणलाई निवारण नगरेसम्म देशलाई आधुनिक र औद्यागिक मुलुकमा रुपान्तरण गर्न सकिँदैन । देशलाई औद्योगिकीकरणतर्फ लैजानैपर्छ । हाम्रो देशका राष्ट्रिय उद्योग धन्दाहरुलाई विकास गर्न सक्नुपर्छ । राष्ट्रिय उद्योग धन्दाहरु भनेको के हो रु हामीसँग कृषि क्षेत्रसँग सम्बन्धित मात्रै पनि अनेकौँ उद्योगहरु बनाउन सकिन्छ ।,’’ नेकपा एसका सम्मानित नेता खनालले भन्नुभयो, ‘‘बन्न पनि खोज्दैछन्, बनाउने सम्भावना व्यापक छन् । हामीसँग वनजन्य उद्योगहरु व्यापक रुपले बनाउन सकिने सम्भावना छन् । तर वनलाई हामीले जसरी उपयोग गर्नुपर्ने हो त्यसरी अझै उपयोग गर्न सकिरहेका छैनौँ । हामी पानीजन्य उद्योगहरु पनि सञ्चालन गर्नसक्छौँ । पानीजन्य उद्योगको विकास गर्न पनि आवश्यक नीति बनाउन सकेका छैनौँ । हामी खालि विदेशीहरुको अपेक्षा गरेर हिँडिरहेका छौँ ।’’

पूर्वप्रधानमन्त्री खनालले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा नेपाल सङ्कटग्रस्त बनेको बताउनु भयो । निजी क्षेत्रले अघि सारेका समस्या समाधान गर्नसके मात्रै देशको राष्ट्रिय अर्थतन्त्रले गति लिनसक्ने जानकारी दिनुभयो । उहाँले राज्यले औद्योगिक क्षेत्रलाई संरक्षण दिन नसके भएका उद्योगहरु पनि बन्द हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group