ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्कलाई निरन्तर सहयोग रहने संयुक्त राष्ट्रसंघको प्रतिबद्धता


एबीसी न्यूज
२८ चैत्र २०८०, बुधबार   ३ : २४   बजे

काठमाडौं २८ चैत । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क लाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

अमेरिकाको औपचारिक भ्रमणमा रहेका सार्क महासचिव गोलाम सरवारसँग राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा भएको शिष्टाचार भेटका क्रममा गुटेरेसले विश्व जनसङ्ख्याको ठूलो हिस्सा ओगटेको क्षेत्रसँग राष्ट्रसङ्घले सहकार्य गर्न चाहेको बताए ।

भेटका क्रममा उनले सार्कसँग साझेदारी गर्न आफू तयार रहेको बताउँदै निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । सार्क सचिवालयद्वारा जारी विज्ञप्तिमा महासचिव सरवारले राष्ट्रसङ्घबाट सार्कलाई निरन्तर प्राप्त सहयोग र समर्थनप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

गुटेरेस र सरवारको भेटमा दुवै संस्थाबीच सम्बन्ध विस्तारका साथै जलवायु परिवर्तन, खाद्य सुरक्षा, नवीकरणीय ऊर्जाका क्षेत्रमा सहयोग बढाउनेलगायत विषयमा छलफल भएको थियो ।

सरवारले सार्कले राष्ट्रसङ्घीय विकास कार्यक्रम ९यूएनडीपी०, विश्व खाद्य सङ्गठन, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०, स्वास्थ्य सङ्गठन, जनसङ्ख्या कोषलगायत १२ वटा राष्ट्रसङ्घीय निकायसँग समझदारीपत्रमा हस्ताक्षर गरेको जानकारी गराउँदै बदलिँदो परिवेशमा त्यसलाई अद्यावधिक गर्नुपर्ने आवश्यक्ता समेत औँल्याएका थिए ।

साथै, राष्ट्रसङ्घ र सार्कबीचको साझेदारीलाई परियोजनामा आधारित गराउन सार्क सचिवालय र राष्ट्रसङ्घबीच संयुक्त बैठक गर्नुपर्नेमा जोड दिए । पारस्परिक सहयोगका नयाँ परियोजना पहिचान गर्नुपर्ने भन्दै उनले सार्क सचिवालयका पदाधिकारीलाई क्षमता अभिवृद्धिलगायत अवसरको व्यवस्थाका लागि समेत गुटेरेससँग अनुरोध गरे ।

महासचिव गुटेरेसले सार्क महासचिवको प्रस्तावको स्वागत गर्दै क्षेत्रगत साझेदारीका लागि सम्बद्ध निकायका अधिकारीलाई सार्क सचिवालयका पदाधिकारीसँग तत्काल सम्पर्क एवं समन्वय गर्न निर्देशन दिए । सार्क सन् २००४ देखि संयुक्त राष्ट्रसङ्घको पर्यवेक्षक संस्था हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu