ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपप्रमुख न्यौपाने सहित आठ विरुद्ध आरोपपत्र दायर


एबीसी न्यूज
२९ चैत्र २०८०, बिहिबार   ३ : ००   बजे

काठमाडौं २९ चैत । गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनासहित आठ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोप लागेको छ ।

गल्याङ–३ को पकवादी सहकारी संस्थाको भवन निर्माण विनियोजित बजेट हिनामिना तथा जग्गाधनी प्रमाणपुर्जा देखाएर अर्को ठाउँमा भवन बनाएको र सडकको मापदण्ड मिचेको भन्दै आरोपपत्र दायर गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौँमा उपप्रमुख तथा सहकारीका तत्कालीन उपाध्यक्ष तिमिल्सिना, कृषि विकास निर्देशनालय गण्डकीका निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, इन्जिनियर विश्वनाथ पौडेल, अर्थबिज्ञ भानुभक्त भट्टराई, सहकारीका तत्कालीन अध्यक्ष हरिलाल खनाल, सचिव परशुराम खनाल, कोषाध्यक्ष उमा श्रेष्ठ, गल्याङका व्यवसायी महेन्द्र भनिने श्रीमप्रसाद श्रेष्ठविरुद्ध आरोपपत्र दायर गरिएको हो ।

यहाँ श्रीप्रसादको कित्ता नं ५३८ र ५४२ नम्बरको जग्गा सम्झौता गरी सोही अनुसारको जग्गा यकिन नगरी सडक विभागको अधिकार क्षेत्रभित्र रहेको कित्ता नं २९२३ र २९२४ जग्गामा नगरपालिकाबाट नक्सा पास नगरी भवन बनाइएको छ ।

भवन निर्माण गर्न भनी कृषि निर्देशनालय, गण्डकी प्रदेश पोखराबाट २०७५–७६ मा २८ लाख ३७ हजार २१७ रुपियाँ अनुदान प्राप्त गरेको थियो । आरोपपत्र दायर भएको आठै जना विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिम कसुर भएकाले ऐनको दफा ३ ९१० र ३ ९१० छ बमोजिम कैद तथा जनही २८ लाख ३७ हजार २१७ रुपियाँ बिगो, माग दाबी गरिएको छ ।

सम्झौता विपरीत निर्माण गरिएको संरचना अविलम्ब हटाउन सडकले जानकारी दिएको र भविष्यमा अस्तित्वमा नरहने र खर्च खेर गई सरकारी सम्पत्ति हानी नोक्सानी हुने गरी कार्य गरेको हुँदा सजायको माग गरिएको छ ।

उपप्रमुख तिमिल्सिना अहिलेको सहकारीको अध्यक्ष समेत रहनुभएको छ भने भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम कुनै व्यक्ति वा राष्ट्रसेवक कर्मचारीविरुद्ध दफा ३६ बमोजिम मुद्दा दायर भएमा स्वतः निलम्बन हुने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

सम्बन्धित

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu