ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपचारका लागि हिँडेरै अस्पताल पुगेकी युवतीको मृत्यु


एबीसी न्यूज
३० चैत्र २०८०, शुक्रबार   १० : ५५   बजे

सुर्खेत, ३० चैत्र । पश्चिम दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटकी २२ बर्सिया भीमा(रिजुका) गुरुङ बलामी पेट दुखेको भन्दै उपचारका लागि सुर्खेत आइन् । उनी सामान्य चेकजाँचका लागि मात्रै सुर्खेत आएकी थिइन् । वीरेन्द्रनगरको एक निजी अस्पतालमा सामान्य चेकजाँच गराउँदा पाठेघरमा केही समस्या भएको देखियो ।

त्यस पश्चात् उनी देशकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल जाने निधो गरिन् । बिहीबार बिहानै उनी अस्पताल भर्ना भएकी थिइन् । हिँडेर आफैँ अस्पताल पुगेकी थिइन्, भीमा । अस्पतालमा चेकजाँच गराउँदा ४ महिनाअघि प्रसूति गराउँदाका बखत पाठेघरमा केही सालनाल रहेको कुरा चिकित्सकहरूले जानकारी दिए । भीमाको पेटमा केही महिनाको बच्च समेत थियो । पाठेघरलाई सफा गर्नुपर्ने भयो । अप्रेसन गरेर सफा गर्दै गर्दा केही समयपछि नै अस्पतालले उनलाई मृत घोषणा गरिदिएको भीमाका जेठाजु हर्क बहादुर बलामीले  जानकारी दिए । ‘हामी बाहिर बसिरहेको थियौँ, एक्कासि शव बुझ्न भनेपछि, हामी त अचम्मित भयौँ,’उनले भने, ‘हिँडेर अस्पताल गएकी भाइ बुहारीको एक्कासि शव बुझ्न भन्दा पत्याउन सकिने कुरै थिएन ।’

अस्पतालले दिउँसो तीन बजेतिर मृत घोषणा गरेको थियो । उनका अनुसार परिवारलाई भेट्नै नदिई एक्कासि रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयमै मृत घोषणा गरियो । आफन्तहरूले डाक्टरहरूको लापरबाहीका कारण नै उनको मृत्यु भएको भन्दै आन्दोलन गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारको प्रारम्भिक निष्कर्ष : भूकम्पपछि हिमपहिरो जाँदा रसुवामा विनाशकारी बाढी आएको आशंका

भोटेकोसी बाढीमा ९ जनाको मृत्यु, ४४ सुरक्षाकर्मी सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu