ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचनमा इलामका विद्यार्थी मतदान गर्न वञ्चित हुने


एबीसी न्यूज
३० चैत्र २०८०, शुक्रबार   ११ : १०   बजे

काठमाडौं ३० चैत । आउँदो वैशाख १५ मा हुने इलाम– २ को उप–निर्वाचनमा कक्षा १२ र स्नातक दोस्रो वर्षका विद्यार्थीहरू मतदान गर्नबाट वञ्चित हुने भएका छन् ।

कक्षा १२ को वैशाख १४ गते देखि परीक्षा सुरु हुँदै छ । यस्तै स्नातक दोस्रो वर्षको पनि वैशाख १६ बाट परीक्षा सुरु हुँदै छ । कक्षा १२ को घर पायक परीक्षा केन्द्र नहुँदा १५ गतेको निर्वाचनमा मत खसाल्न उनीहरूलाई समस्या हुनेछ ।

इलाम– २ का छ वटा विद्यालयमा मतदान केन्द्र पनि रहेको छ । भानु मावि चुलाचुली, सिंहदेवी मावि फाकफोकथुम, भानु मावि मङ्गलवारे र अमर उच्च मावि बरबोटेका रहेका परीक्षा केन्द्रहरूमा मतदान केन्द्र पनि रहेका छन् ।

एउटा विद्यालयमा करिब दुई सय जना विद्यार्थीले कक्षा १२ को परीक्षा लेख्ने छन् । आफ्नो परीक्षा केन्द्रमा परीक्षा लेखेर आफ्नो मतदान केन्द्रमा जान यी विद्यार्थीलाई सम्भव नहुने बताइएको छ ।

यसै गरी स्नातक दोस्रो वर्षको परीक्षा पनि वैशाख १६ गते बिहान देखि हुँदै छ । सदरमुकाममै रहेको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा परीक्षा दिन आउने विद्यार्थीहरू १५ गतेको मत खसालेर आउन नसक्ने अवस्था रहेको क्याम्पसस्थित त्रिवि प्राध्यापक सङ्घकी कोषाध्यक्ष विमला पोख्रेलले बताउनु भयो । ‘१५ गते मतदान केन्द्रमा मत खसालेर १५ गते नै सदरमुकाम आउन टाढाका विद्यार्थीलाई सम्भव हुँदैन ।’ पोख्रेलले भन्नुभयो ‘कति पय विद्यार्थी जिल्ला बाहिरै अध्ययनरत रहेकाले उनीहरूलाई पनि मतदानमा आउन र परीक्षा दिन जान सम्भव देखिएन । निर्वाचन आयोग र परीक्षा बोर्ड बेलैमा परीक्षाको मिति प्रति गम्भीर हुनुपर्ने थियो ।

यो मतदानमा विद्यार्थी मात्र होइन परीक्षामा खटिएका शिक्षकहरू पनि मतदान गर्नबाट वञ्चित हुने अवस्था रहेको बताइएको छ ।

वैशाख १४ गते बिहान ८ बजे देखि ११ बजे सम्म परीक्षा रहेकाले त्यसपछि मात्र मतदान केन्द्र निर्माण गर्ने तयारी रहेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । ‘परीक्षा सकिएपछि मतदान केन्द्रको तयारी गर्ने ती विद्यालय व्यवस्थापन समिति र मतदानमा खटिइने कर्मचारी सँग कुरा भएको छ ।’ यादवले भन्नुभयो ‘मतदानमा त कुनै पनि समस्या हुँदैन ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu