ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले संसदीय अभ्यासमाथि प्रहार गर्‍यो- प्रकाशमान सिंह


एबीसी न्यूज
३० चैत्र २०८०, शुक्रबार   ११ : ४४   बजे

काठमाडौं ३० चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले, सरकारले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेउपर छानबिन गर्न संसदीय समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि नै प्रहार गरेको बताएका छन् ।

नयाँ वर्षको अवसरमा आज काठमाडौंको नयाँ बानेश्वरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सिंहले सो धारणा राखेका हुन् ।

सरकारका मन्त्रीहरूमाथि प्रश्न उठिसकेपछि संसदीय छानबिन गर्नु संसदीय अभ्यासभित्रै पर्ने उनले बताए । तर सरकारले रविमाथि छानबिनका लागि संसदीय समिति बनाउन नचाहनुले सरकार संसद्को क्षेत्राधिकार माथि नै प्रहार गरिरहेको भनेर बुझ्नुपर्ने उनको भनाइ थियो ।

अहिले कांग्रेसको कारण नभै सरकारकै गैरजिम्मेवारीका कारण संसद्को गतिरोध नहटेको भन्दै नेता सिंहले भने, ‘सरकारले संसदीय छानबिन समिति नबनाएसम्म कांग्रेस आफ्नो मुद्दाबाट पछि हट्दैन ।’

जनताको आशा भरोसा कांग्रेसप्रति भएकाले गुनासो पनि कांग्रेससँगै भएको भन्दै उनले त्यसलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए । राष्ट्रिय राजनीतिमा आउने गतिरोध अन्त्य र जनताका गुनासा सम्बोधनका लागि कांग्रेसले सधैं अभिभावकीय भूमिका निर्वाह गर्दै आएको भन्दै सहकारी पीडितलाई न्याय दिन पनि कांग्रेसले पहल लिने बताए ।

उनले देशमा राजनीतिक स्थायित्वको वातावरण बनाएर मात्र लगानी सम्मेलन गर्दा उचित हुने धारणा पनि राखे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group