ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छिपछिपे सहकारीमा १६ करोड रुपैयाँभन्दा बढी हिनामिना


एबीसी न्यूज
३० चैत्र २०८०, शुक्रबार   १२ : ३७   बजे

काठमाडौं ३० चैत । कावासोतीमा कार्यालय रहेका छिपछिपे उपभोक्ता सहकारी संस्थामा सञ्चालक समिति र कर्मचारीको मिलोमतोमा बचतकर्ताको १६ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको पाइएको छ ।

छिपछिपे सहकारीमा १६ करोड रुपैयाँभन्दा बढी हिनामिना भएको ठहर
बचतकर्ताको उजुरीपछि गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका वित्तीय विश्लेषक तथा परामर्शदाता निर्मल गौतमले गरेको छानबिनमा सहकारीमा कूल १६ करोड ५८ लाख ९२ हजार २ सय ६१ रुपैयाँ हिनामिना भएको देखिएको छ ।

 

सहकारी रजिस्ट्रार कार्यालय पोखराले गत माघ २१ गते यो छिपछिपे सहकारीको अनियमितता छानबिन गर्न गौतमलाई खटाएको थियो । गौतमले रजिस्ट्रार कार्यालयमा बुझाएको प्रतिवेदनमा सहकारीका तत्कालीन समिति र हालका केही पदाधिकारीले समेत अनियमितता गरेको खुलाएका छन् ।

गौतमले छिपछिपे सहकारीका तत्कालीन अध्यक्ष र व्यवस्थापक योगेन्द्र पाण्डेसमेत सञ्चालक समितिका सदस्यहरू र कर्मचारीको समेत मिलोमतोमा हिनामिना भएकाले उनीहरूबाट बचतकर्ताको निक्षेप रकम असुल्न पर्ने राय दिएका छन् । गत फागुन २९ गते रजिस्ट्रार कार्यालयमा बुझाइएको प्रतिवेदनमा सञ्चालक समितिका अध्यक्ष र संस्थाको व्यवस्थापक रहेका योगेन्द्र पाण्डेको मिलोमतो र बद्नियतमा धेरै रकम हिनामिना भएको उल्लेख छ । बर्दिया निवासी पाण्डे २०७२ सालदेखि ०७९ साल सम्म ७ वर्ष सम्म संस्थाका अध्यक्ष र व्यवस्थापक रहेका थिए ।

सहकारी ऐन अनुसार एउटै व्यक्ति अध्यक्ष र व्यवस्थापक हुन पाँइदैन । पाण्डे अध्यक्ष र व्यवस्थापक हुँदा कोषाध्यक्ष रहेका प्रकाश सापकोटाको समेतको मिलोमतोमा ठूलो रकम हिनामिना भएको बचतकर्ताको आरोप छ । पाण्डेको मिलोमतोमा काल्पनिक कर्जा खाता तयार गरेर समेत रकम हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक प्रलोभनमा परेर आफूनिकटका व्यक्तिलाई बिनाधितो ऋण दिने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

ऋण लिएर कर्जा चुक्ता गरिसकेका व्यक्तिहरूको धितो फुकुवा नदिएको र नक्कली खाता सञ्चालन गरेर रकम अपचलन गरेको प्रतिवेदनमा औल्याइएको छ । रजिस्ट्रार कार्यालयले प्रतिवेदन बुझेको १ महिना बितिसक्दा पनि बचतकर्ताले आफ्नो पैसा फिर्ता पाएका छैनन् । सहकारीमा हिनामिना भएको समाचार कान्तिपुरमा चैत २५ गते प्रकाशन भएपछि योजनाकार योगेन्द्र पाण्डेसहित ५ जना पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले ४ दिनअघि एक सूचना प्रकाशन गरेर छिपिछिपे सहकारी पीडितहरूलाई उजुरी दिन आग्रह गरेको छ ।

२०७९ पुस १ गतेदेखि सहकारी सञ्चालक समितिका अध्यक्षमा गोपीकृष्ण शर्मा रहेका छन् । त्यसअघि योगेन्द्र पाण्डे अध्यक्ष रहँदा शर्मा लेखा समितिको संयोजक थिए । शर्मा अध्यक्ष भइसकेपछि पाण्डेलाई नै व्यवस्थापक राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group