ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लामो समय रोकिएको गैरआवासीय नेपाली संघको दर्ता : नवीकरण


एबीसी न्यूज
३० चैत्र २०८०, शुक्रबार   १२ : ५८   बजे

काठमाडौं ३० चैत । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ ९एनआरएनए०को दर्ता नवीकरण गरेको छ। मन्त्रालयअन्तर्गतको नीति, योजना, विकास, कूटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धी महाशाखाले संघको दर्ता नवीकरण भएको जानकारी दिएको छ।

गैरआवासीय नेपालीसम्बन्धी ऐन २०६४ को दफा १६ र गैरआवासीय नेपालीसम्बन्धी नियमावली २०६६ को नियम १२ मा व्यवस्था भएबमोजिम यही चैत २३ मा उपप्रधान तथा परराष्ट्रमन्त्री स्तरको निर्णयबाट संघको दर्ता नवीकरण भएको मन्त्रालयले जनाएको छ।

 

यसअघि निवर्तमान परराष्ट्रमन्त्री एनपी साउदले संघको दर्ता नवीकरण रोकेका थिए। पछिल्लो सत्ता समीकरणसँगै परराष्ट्रमन्त्री बनेका नारायणकाजी श्रेष्ठले चाँडै दर्ता हुने बताएका थिए।

परराष्ट्र मन्त्रालयमा विनाकारण दर्ता नवीकरण रोकिएपछि यो विषय अदालतसम्म पुगेको थियो। यसमा उच्च अदालत पाटनले गत फागुन २ मा तत्काल नवीकरण गर्न परमादेश जारी गरेको थियो।

एनआरएनएले गत भदौ ८ गते नै सबै प्रक्रिया पूरा गरी आवश्यक कागजात तथा दस्तुर बुझाइसकेको भए पनि मन्त्रालयले नवीकरण नगरी बिनाकारण फाइल अल्झाएर राखेको भन्दै तत्कालीन अध्यक्ष डा बद्री केसीले उच्च अदालतमा गत पुस ११ मा रिट दायर गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group