ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय मानव अधिकार आयोगको सचिव नियुक्ति विवाद : सर्वोच्चमा हुँदै छ सुनुवाइ


एबीसी न्यूज
३० चैत्र २०८०, शुक्रबार   १ : ०३   बजे

काठमाडौं ३० चैत । राष्ट्रिय मानव अधिकार आयोगको सचिव नियुक्ति विवादमा सर्वोच्च अदालतले आज प्रारम्भिक सुनुवाइ गर्दै छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अपारदर्शी, विवादित र योग्यताप्रणाली प्रतिकूल भनी अस्वीकृत गरे पनि आयोगले पुनः मुरारिप्रसाद खरेलको नाम सिफारिस गरेपछि अर्का प्रतिस्पर्धी यज्ञप्रसाद अधिकारीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उक्त रिटको प्रारम्भिक सुनुवाइ न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा हुँदै छ।

सचिव नियुक्तिको विवादमा आयोग र सरकारबीच ४ महिनादेखि जुहारी चलिरहेको छ। आयोगका पदाधिकारी पनि यस प्रकरणमा विभाजित छन्।

विवाद बढ्दै जाँदा यो विषय सर्वोच्च न्यायालय पुगेको हो।

सचिव पदका तीन प्रतिस्पर्धीमध्ये अधिकारीले योग्यता र वरिष्ठतामा आफू अगाडि भए पनि आयोगका केही पदाधिकारीले पक्षपातपूर्ण तरिकाले खरेललाई सिफारिस गरेको दाबी गर्दै बुधबार सर्वोच्चमा रिट दायर गर्न पुगेका थिए।

राष्ट्रिय मानव अधिकार आयोग विगत ३४ महिनादेखि सचिवविहीन छ।

अधिकारीले खरेलको सिफारिसलाई निहित स्वार्थबाट प्रेरित, पक्षपातपूर्ण, बदनियतयुक्त र कानुनविपरीत भनेका छन्। त्यो प्रक्रिया रोकेर निष्पक्ष मूल्यांकन गरी आफूलाई सचिव बनाउनुपर्ने उनको माग छ।

सिफारिस गर्नुअघि अपनाइएको मूल्यांकन प्रक्रियामा उनले कानुनी प्रश्न उठाएका छन्। आयोगले सचिव सिफारिस गर्न सचिव डा सूर्य ढुंगेलको संयोजकत्वमा समिति बनाएको थियो। समितिले अधिकारी र खरेलको ६७।३, अनि पोखरेलको ६४।२ प्राप्तांक देखाएको थियो।
बराबर नम्बर भएकामध्येबाट पनि आफू सिफारिस हुनुपर्नेमा खरेलको नाम पठाएकाले त्यो निष्पक्ष नभएको उनको आरोप छ। आफ्ना प्रकाशित कृतिवापतको नम्बर नदिएर जानजान अन्याय गरेको आरोप उनले लगाएका छन्।

आयोगले विवादका बीच गत कात्तिकमा सहसचिव मुरारिप्रसाद खरेललाई सचिव नियुक्तिका लागि सिफारिस गरेको थियो। गत माघ ३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोगको सिफारिसमा शंका गर्दै थप कागजात मागेको थियो।

आयोगले गोपनीयताको कारण देखाउँदै सहसचिवका तीन प्रतिस्पर्धीको के आधारमा मूल्यांकन र प्रतिस्पर्धा गराइएको थियो भन्ने विवरण प्रधानमन्त्री कार्यालयलाई दिन मानेको थिएन।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चैत १३ मा पारदर्शी, विवादरहित र योग्यता प्रणालीको अनुकूल नरहेको भन्दै सिफारिस अस्वीकृत गरी आयोगमै फिर्ता पठाइदिएको थियो। आयोगले भने सरकारले आफ्नो सिफारिस अस्वीकृत गर्न नपाउने भन्दै फेरि पुरानै सिफारिस पठाएको छ।

अध्यक्ष तपबहादुर मगरलगायत बहुमत पदाधिकारी खरेलको पक्षमा देखिएका थिए भने सदस्य मिहिर ठाकुरले निष्पक्ष, विवादरहित, पारदर्शी र योग्यता प्रणालीमा आधारित हुनुपर्ने सरकारको जायज प्रश्नको सम्बोधन गर्नुपर्ने मत राखेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu