ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कतारी राजाको भ्रमण टोलीमा ६ मन्त्रीसहित ७० जना, होटल सोल्टीमा द्विपक्षीय वार्ता


एबीसी न्यूज
११ बैशाख २०८१, मंगलबार   २ : ५०   बजे

काठमाडौं ११ बैशाख । विशेष विमानबाट नेपालको दुई दिने राजकीय भ्रमणमा आउन लागेका कतारी राजा शेख तमिम बिन हमाद अल थानी अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छन्।

७० जनाभन्दा बढी सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राजा शेख तमिम बंगलादेश हुँदै नेपाल आउन लागेका हुन्। उनको टोलीमा कतार सरकारका ६ जना मन्त्रीसहित उच्च तहका अधिकारी हुनेछन्।

उनको विमान अवतरण गर्नुअघि कम्तीमा १५ मिनेट विमानस्थल बन्द हुनेछ।  उनलाई विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नेछन्। राजाको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिनेछ।

त्यसपछि उनी होटल सोल्टीमा जानेछन्।

त्यहाँ केहीबेर आराम गरेर राजा शेख राष्ट्रपतिसँग शिष्टाचार भेट गर्न शीतलनिवास पुग्ने कार्यक्रम छ। बुधबार नेपाल र कतारबीच द्विपक्षीय औपचारिक वार्ता हुनेछ। त्यही क्रममा विभिन्न सम्झौता तथा समझदारीमा हस्ताक्षर हुनेछ।

शिक्षा, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उर्जा मन्त्रालय अन्तर्गत सम्झौता गर्ने गरी योजना तयार पारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालका तर्फबाट वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले गर्ने मन्त्रिपरिषद्को निर्णय छ।

बुधबार प्रधानमन्त्री प्रचण्डले नै कतारी राजाको सम्मानमा दिवाभोज दिनेछन्।

सरकारले भ्रमणलाई उच्च महत्त्व दिँदै मंगलबार सार्वजनिक बिदा दिएको छ।

नेपालले गर्न लागेको लगानी सम्मेलनअघि कतारी राजाको भ्रमणलाई उच्च महत्त्वका साथ लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group