ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चियाको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह


एबीसी न्यूज
११ बैशाख २०८१, मंगलबार   ३ : ५६   बजे

काठमाडौं ११ बैशाख । नेपाल–भारत सिमाना झापाको काँकडभिट्टा–पानीट्यांकीमा नेपाली चिया रोकिएपछि इलामका चिया उद्योगीले चियाको समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आग्रह गरेका छन् ।

केही दिन यता तयारी चिया बोकेका नेपाली गाडीहरू भारतीय सिमानामा रोकिएपछि त्यसको प्रत्यक्ष असर चिया व्यवसायी किसानलाई परेको छ । चियामा समस्या आएपछि काठमाडौँ पुगेका चिया व्यवसायीले आज प्रधानमन्त्रीसँग सो आग्रह गरेका हुन् ।

करिब एक साता यता निकासीका लागि पुगेका करिब ३५ ट्रक रोकिएपछि समस्याको समाधान सरकारी तवरबाटै हुनुपर्ने व्यवसायीको माग छ । भारतीय पक्षले प्रत्येक पटक प्रत्येक गाडीको गुणस्तर परीक्षण हुनुपर्ने भन्दै सिमानामै रोकिदिएको हो । भारतीय पक्षले केही वर्ष यता पटक–पटक यसरी नेपाली चिया रोक्ने गरेको व्यवसायीको भनाइ छ ।

पहिलो टिपाइको सबैभन्दा गुणस्तरीय चिया यसरी रोकिएपछि चिया क्षेत्रमा सङ्कट आएको इलामको सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका सचिव गोपाल कट्टेलले बताउनुभयो । ‘आज हामीले प्रधानमन्त्रीलाई नै भेटेर समस्या जाहेर गरेका छौँ । प्रधानमन्त्रीले भारतीय राजदूतमार्फत अथवा आफैँ पनि भारतीय पक्षसँग कुराकानी गर्ने आश्वासन दिनुभएको छ’ कट्टेलले भन्नुभयो, ‘यो समस्या नयाँ होइन, केही वर्ष यता चियाको मुख्य सिजनमा भारतले नेपालीलाई दुःख दिने गरेको छ । यो समस्या समाधान केन्द्रीय सरकारबाट मात्र हुन सक्छ ।’

इलाम र पाँचथरबाट निकासी हुने अर्थोडक्स चिया प्रायजसो नासा, आइओएमजस्ता अन्तर्राष्ट्रिय संस्थाबाट अर्गानिक प्रमाणीकरण भएर निकासी हुने गरेको पनि व्यवसायीको भनाइ छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको नौ महिनामा दुई अर्ब १८ करोड ८९ लाख २२ हजार रुपियाँ बराबरको ९८ लाख चार हजार ११ किलो चिया निकासी भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा दुई अर्ब ६६ करोड ५४ लाख १८ हजार रुपियाँ मूल्यको एक करोड ३३ लाख ११ हजार ३ सय ४८ किलो चिया निकासी भएको तथ्याङ्क छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu