ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीमा औलो सङ्क्रमणको जोखिम घट्दै


एबीसी न्यूज
१३ बैशाख २०८१, बिहिबार   १ : १२   बजे

काठमाडौं १३ बैशाख । कर्णाली प्रदेशमा औलोको जोखिम विगत चार वर्षको तथ्याङ्कलाई हेर्ने हो भने घटेको पाइएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को फागुन मसान्तसम्म आइपुग्दा आयातित र स्थानीय औलो सङ्क्रमणको जोखिम घट्दै गएको पाइएको हो ।

आर्थिक वर्ष २०७६–७७ देखिको तथ्याङ्कमा कर्णालीका सात जिल्लामा औलोका पोजेटिभ बिरामी भेटिएकोमा चालु आर्थिक वर्षमा आइपुग्दा चार जिल्लामा औलो सीमित भएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जानकारी दिएको छ ।

निर्देशनालयको तथ्याङ्क अनुसार मुगु, हुम्ला, कालीकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत र सल्यानमा औलोका बिरामी रहेकोमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आइपुग्दा चार जिल्ला सुर्खेत, कालीकोट, हुम्ला र मुगुमा मात्रै औलो पोजेटिभ देखिएको छ । जिल्लागत तथ्याङ्क अनुसार हाल हुम्ला र कालीकोटमा एक÷एक, सुर्खेतमा २० र मुगुमा दुई गरी जम्मा २४ जनामा स्थानीय तथा आयातित औलो सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा प्रदेशभर स्थानीय औलो सङ्क्रमण पोजेटिभ एक जनामा मात्रै देखिएको छ ।

दोस्रो स्थानबाट आएको भन्दा स्थानीय स्तरमै फैलिने सङ्क्रमणलाई जोखिम मान्ने गरिन्छ । यस्तै, कर्णालीका दुई जिल्ला हुम्ला र कालीकोटका चार वडा भने स्थानीय औलोको उच्च जोखिममा रहेको निर्देशनालयका फोकल पर्सन श्यामलाल आचार्यले जानकारी दिनुभयो । जसमा हुम्लाको अदानचुली गाउँपालिकाका वडा नम्बर २, ३ र ४ र कालीकोटको खाँडाचक्र नगरपालिकाको २ नम्बर वडा छन्।

यस्तै, मध्यम जोखिम भएका वडामा हुम्लाको अदानचुली वडा नम्बर २ र ३, चंखेली गाउँपालिका वडा नम्बर २, ताजाकोट गाउँपालिका वडा नम्बर १, मुगुको सोरु गाउँपालिका वडा नम्बर ४ र ५, खत्याड गाउँपालिका र सुर्खेतको भेरीगंगा नगरपालिका र वीरेन्द्रनगर नगरपालिका रहेको उहाँले बताउनुभयो ।

प्रदेशभर चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ३६ हजार ६ सय १३ जनामा मलेरियाको माइक्रोस्कोपी र आरडीटी दुवै जाँच गरिएको निर्देशनालयले जनाएको छ । कर्णालीमा औलो निवारणका लागि सरकारी स्वास्थ्य संस्थामा औलोको परीक्षण तथा उपचार निःशुल्क उपलब्ध हुने स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group