ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जग्गा अतिक्रमणको चपेटामा मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र


admin
१० फाल्गुन २०७४, बिहिबार   ३ : २१   बजे

उदयपुर, १० फागुन । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको गाईघाटस्थित थरुहट रंगशाला परिसर नजिकै रहेको मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको जग्गा केही व्यक्तिले अतिक्रमण गरेर घेराबार गर्ने तथा उपभोग गर्न थालेपछि अतिक्रमणको चपेटामा परेको छ ।

गाईघाटस्थित थरुहट रंगशाला परिसरको दक्षिणतर्फ रहेको उक्त जग्गामा मदनभण्डारी स्मृति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन निर्माण गर्नका लागि दुई वर्षअघि मात्र तत्कालीन शहरी विकास राज्यमन्त्री तथा उदयपुरका सांसद मञ्जुकुमारी चौधरीले उक्त जग्गामा सम्मेलन केन्द्र भवनको शिलान्यास गर्नुभएको थियो ।

अहिले उक्त सम्मेलन केन्द्र भवन निर्माणका लागि बजेटको समेत व्यवस्था हुन लागेको र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन निर्माण हुन लागेका बेला केही व्यक्तिहरुले उक्त सम्मेलन केन्द्रको जग्गा अतिक्रमण गरेर घेराबेरा तथा खनजोतसमेत गरेर अतिक्रमण गरेको पाइएको पूर्व राज्यमन्त्री मञ्जुकुमारी चौधरीले बताउनुभयो ।

एक वर्षअघि नै उक्त जग्गामा सम्मेलन केन्द्रको भवन निर्माण शुरु हुन लागेको र रु तीन करोड प्रारम्भिक बजेटसमेत विनियोजन भएको तर स्थानीय तहको निर्वाचन, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका कारण भवन निर्माण कार्य पर सरेका बेला अहिले व्यापक रुपमा सम्मेलन केन्द्रको जग्गा अतिक्रमण भएको र हाल एक कट्ठा जग्गामा सीमित भएको पनि पूर्व राज्य मन्त्री चौधरीले बताउनुभयो ।

पूर्व राज्य मन्त्री चौधरी भन्नुहुन्छ, “स्वर्गीय मदन भण्डारीजस्ता जनप्रिय नेताको स्मृतिमा पूर्वाञ्चल १ नं प्रदेशकै सबैभन्दा ठूलो र बृहत् अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने तयारी भइरहेका बेला अहिले केन्द्रको झण्डै १२ कट्ठाभन्दा धेरै जग्गा अतिक्रमण भइसकेको अवस्था देखिन्छ ।”

यसमा स्थानीय जिल्ला प्रशासन, प्रहरी र त्रियुगा नगरपालिकाले समेत जग्गा अतिक्रमण हटाउन कुनै चासो नदिएको धारणा पूर्व राज्यमन्त्री चौधरीको रहेको छ ।

मदन भण्डारी स्मृति सम्मेलन केन्द्रको नाममा व्यवस्थापन गरिएको उक्त क्षेत्रको जग्गा पुरानो हवाई मैदान अर्थात् नागरिक उड्डयन विभागको नाममा रहेको र उक्त जग्गा पूर्ण सरकारी जग्गा रहेको, पछि उक्त जग्गाको केही भाग थरुहट रंगशाला निर्माणमा प्रयोग गरिएको र केही भाग मदन भण्डारी स्मृति सम्मेलन केन्द्रको भवन निर्माण गर्ने तयारी भएको पूर्व राज्यमन्त्री चौधरीले बताउनुभएको छ ।

अहिले राज्यले नै झण्डै रु ३८ करोडको आर्थिक बजेटमा ३०० भन्दा बढी क्षमता मानिस अटाउन सक्ने र दुई तलासहितको १ नं प्रदेशकै बृहत् सम्मेलन केन्द्र भवनको निर्माण गर्ने लक्ष्य राखेको छ ।

तर सम्मेलन केन्द्र भवनका लागि व्यवस्थापन गरिएको उक्त जग्गाको मूल जग्गा नै केही स्थानीयवासीले नै घेराबार गरेर उपभोगसमेत गरी बलजफ्ती अतिक्रमण गरेर उक्त जग्गा आफूहरुको भएको दाबी गर्दै आएको स्थानीयवासी राजेन्द्रप्रसाद ढकालको भनाइ रहेको छ ।

निर्वाचनका कारण बजेट फ्रिज भएर निर्माण कार्य रोक्नु पर्ने अवस्था आएको कारण उक्त सम्मेलन केन्द्रको भवन समयदेखि नै निर्माण हुन नसकेको पूर्वमन्त्री चौधरीले बताउनुभयो ।

यही आवको प्रारम्भदेखि नै निर्माण कार्य शुरु गर्न लागिएका बेला यस सम्मेलन केन्द्रको परिसरको सम्पूर्ण जग्गा अतिक्रमणमा परेपछि मदन भण्डारी स्मृति सम्मेलन केन्द्रको भवन निर्माण गर्ने कार्य नै संकटमा परेको पूर्व सभासद् मनी खम्बु बताउनुहुन्छ ।

यस विषयमा त्रियुगा नगरपालिका गाईघाटले भने छानबिन गरेर जग्गा अतिक्रमण गर्नेलाई कारबाही गरिने बताएको छ ।

यता जग्गा अतिक्रमणकर्ता भने आफूहरुको पुरानो जग्गा भएका कारण आफूहरुले जग्गा नछाड्ने र उपभोग गर्ने अडान लिँदै आएको केही सरोकारवाला नै बताउँछन् ।

यदि समयमा नै मदन भण्डारी स्मृति सम्मेलन केन्द्रको भवन शिलान्यास गरिएका क्षेत्रको अतिक्रमित जग्गाबाट अतिक्रमणकारीलाई नहटाउने हो भने भोलि सम्मेलन केन्द्रको भवन निर्माणको समयमा झनै संकट आउने कुरा आम गाईघाटवासी जनता नै बताउन थालेका छन् । यस विषयमा स्थानीय जिल्ला प्रशासन, प्रहरी भने मौन रहेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group