ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसपा नेपालका बाँकी सांसदले पनि विद्रोह गर्छन्- एमाले महासचिव पोखरेल


एबीसी न्यूज
२५ बैशाख २०८१, मंगलबार   १ : ०९   बजे

काठमाडौं २५ बैशाख । एमाले महासचिव शंकर पोखरेलले जनता समाजवादी पार्टी, नेपालका अरु सांसदले पनि विद्रोह गर्ने बताएका छन् । एमाले जिल्ला कमिटी, ताप्लेजुङको १२औं अधिवेशनका लागि आएका महासचिव पोखरेलले मंगलबार बिहान पत्रकार सम्मेलनमा सांसदहरू आफैंले विद्रोह गरेको बताएका हुन् ।

‘सरकार कसरी बदल्न सकिन्छ भनेर केही दलमा एक प्रकारको आतुरी देखिन्छ । सरकार परिवर्तनका लागि अनेक प्रकारका षड्यन्त्र भइरहेका छन् । त्यही षड्यन्त्रविरुद्ध सांसदहरू आफैंले विद्रोह गरेका हुन्,’ महासचिव पोखरेलले भने ।

 

जसपा नेपालमा अझ थप सांसदहरूले विद्रोह गर्ने पनि महासचिव पोखरेलको दाबी छ । ‘जनता समाजवादीका सात जनाले त नयाँ पार्टी खोल्नु भएको छ । म ठान्दछु त्यो प्रक्रिया अझ बढ्ने छ,’ उनले भने ।

सत्ता समीकरण परिवर्तन भएपछि कांग्रेसमा देखापरेको विचलन दुःखद रहेको उनले बताए । ‘कम्तीमा तीन महिनाको समय काम गर्नका लागि दिनुपर्थ्यो । सुरुदेखि नै कांग्रेसले संसद्मा विरोध गर्दैछ । त्यही व्यक्तिलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो, त्यही मान्छे गृहमन्त्री हुॅदा विरोध गर्नु राम्रो होइन । कहिले प्रधानमन्त्रीका रुपमा योग्य देख्नु कहिले गृहमन्त्रीको बिरोध गर्नु राम्रो होइन,’ महासचिव पोखरेलले भने ।

एमाले आलोपालो सरकारभन्दा पनि राजनीतिक स्थायित्वको पक्षमा रहेको महासचिव पोखरेलको भनाइ छ । ‘हामीले के भनेका छौं भने अहिलेको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता र राष्ट्रका हितका पक्षमा खास गरी पाँच दलीय नयाँ समीकरणले बनाएका नीति कार्यक्रमको पक्षमा दृढतापूर्वक काम गरुञ्जेलसम्म यो सरकारलाई निरन्तर रूपमा कायम राख्नु पर्दछ,’ उनले भने ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै १० सिट भएको दलले प्रधानमन्त्री माग्नु न्यायोचित हुने–नहुने सोच्नुपर्ने महासचिव पोखरेलले बताए । ‘समाजवादीका नेता म प्रधानमन्त्री हुन्छु भनेर कोही आत्तिरहेका छन् भनेर हिँड्दै हुनुहुन्छ । नेपालको राजनीतिमा १० सिट भएकाले प्रधानमन्त्री बन्न खोज्नु कत्तिको सान्दर्भिक हो त्यही पार्टीका सांसदले पनि मूल्यांकन गरेका होलान्,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group