ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस संसदीय दलको बैठकमा गृहमन्त्री लामिछाने मुछिएको अभियोगपत्र वितरण


एबीसी न्यूज
२८ बैशाख २०८१, शुक्रबार   १२ : ००   बजे

काठमाडौं २८ बैशाख । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले तयार पारेको अभियोगपत्र वितरण गरिएको छ।

कांग्रेस संसदीय दलको बैठक अहिले जारी छ। बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसदहरूलाई वितरण गरेका हुन्।

जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता गर्दा तयार पारेको उक्त अभियोगपत्रमा रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले समेत मुछिएको छ।

 

बैठकमा आज सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिका र संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन्।

प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेका विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखेर यअसघि संसद् बैठक अवरुद्ध गरिरहेको छ।

यसअघि गृहमन्त्री लामिछानेलाई संसद्‌मा बोल्नसमेत नदिएको कांग्रेसले अबदेखि बोल्न दिने तर संसदीय छानबिन समिति गठन हुनुपर्ने माग यथावत् राख्ने तयारी गरेको छ। उक्त समिति नबन्दासम्म सदन चल्न नदिने अडान उसले राखेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशका विभिन्न क्षेत्रमा भारी वर्षा, सतर्क रहन मौसम विभागको आग्रह

ग्यास अभावमा नागरिक हैरान, बबरमहलमा वितरण थालिएपछि राहत

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu