ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पशुपति क्षेत्र विकास कोष राजनीति गर्ने थलो होइन : पर्यटनमन्त्री तामाङ


एबीसी न्यूज
२८ बैशाख २०८१, शुक्रबार   १ : ०१   बजे

काठमाडौं २८ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताउनुभएको छ ।

शुक्रबार पशुपति क्षेत्र विकास कोषको ३८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्नुहुँदै मन्त्री तामाङले कोषलाई राजनीतिक स्वार्थ पूरा गर्ने थलोको रुपमा हेर्न नहुने बताउनुभएको हो । उहाँले विगतमा पशुपति विकास कोष गैरराजनीतिक आध्यात्मिक थलो भएको बताउनुभयो । पछिल्लो समय कोष राजनीति गर्ने थलोको रुपमा प्रयोग भए पनि अब त्यस्तो हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री तामाङले गैरराजनीतिक ठाउँमा आएर राजनीति गर्नाले नेपालको विकास हुन नसकेको दाबी गर्नुभयो । उहाँले पशुपति क्षेत्र विकास कोष गैरराजनीतिक आध्यात्मिक पवित्र थलो भएकाले आफूले धार्मिक उद्देश्य प्राप्तिको निम्ति काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले पशुपति क्षेत्र विकास कोषमा राजनीतिक गर्न नहुने विषयमा आफू सचेत रहेको बताउनुभयो । पशुपति क्षेत्र, विश्व सम्पदा सूचिमा सूचिकृत,पूर्वीय दर्शन र पूर्वीय संस्कृतीको महत्त्वपूर्ण केन्द्र विश्वमा नेपाललाई चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ छ । मन्त्री तामाङले पशुपति क्षेत्रलाई व्यवस्थित प्रवर्द्धन गर्नसके धार्मिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्ने बताउनुभयो ।

‘‘नेपालको विकास समृद्धि राजनीतिक नेतृत्व गैर राजनीतिक ठाउँमा आएर राजनीतिक गर्नाले हुन सकेन । पशुपति क्षेत्र गैरराजनीतिक आध्यात्मिक पवित्र थलो हो । धार्मिक स्थल हो । धार्मिक उद्देश्य प्राप्तिको निम्ति काम गर्ने हो । तर पशुपति क्षेत्र विकास कोषमा राजनीतिक बढी गर्नथाल्यौँ भने हाम्रो देश नबिग्रे अरु कुन देश र मानिसहरु बिग्रछन् ।,’’ मन्त्री तामाङले भन्नुभयो, ‘‘त्यसबाट बच्नुपर्छ भन्ने कुरामा आफू सचेत छु । पशुपति क्षेत्र, विश्व सम्पदा सूचिमा सूचिकृत, पूर्वीय दर्शन र पूर्वीय संस्कृतीको महत्त्वपूर्ण केन्द्र विश्वमा नेपाललाई चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’’

उहाँले करोडौं जनसङ्ख्या भएको हिन्दुधर्मप्रति आस्था राख्ने भारतका हिन्दु धर्मालम्वीहरुलाई सहज रुपमा भित्र्याउन पशुपति क्षेत्रमा धार्मिक पर्यटकका लागि रमणीय भौतिक र आध्यात्मिक परिवेश बनाउन आवश्यक रहेको बताउनुभयो । रमणीय र आध्यात्मिक परिवेश बनाउनसके मुलुकको विकासका लागि आर्थिक उन्नति र प्रगतिमा पशुपति क्षेत्रले अभूर्तपूर्ण योगदान पु¥याउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पशुपति क्षेत्रलाई व्यवस्थित प्रवर्द्धन गर्नसक्यौं भने धार्मिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्छ । यसमा पनि करोडौं जनसङ्ख्या भएको हिन्दुधर्म प्रति आस्था राख्ने भारतका भक्तजनहरुलाई सहज रुपमा भित्र्याउने र धार्मिक पर्यटकलाई रमणिय खालको भौतिक र आध्यात्मिक परिवेश बनाउन सक्यौं भने मुलुकको विकासको लागि आर्थिक उन्नति र प्रगतिमा पशुपति क्षेत्रले अभूर्तपूर्ण योगदान पुर्‍याउन सक्ने केन्द्रको रुपमा बदल्न सक्छौं ।’’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group