ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिहीबार तनावकाबीच स्थगित संसद् बैठक आज बिहान ११ बजे बस्दै


एबीसी न्यूज
४ जेष्ठ २०८१, शुक्रबार   ७ : २७   बजे

काठमाडौँ, ४ जेठ ।  बिहीबार धक्कामुक्की भएपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) पनि बस्दैछ। सभामुख देवराज घिमिरेले आज बिहान ११ बजेका लागि बैठक बोलाएका छन्।

बिहीबारको बेठकमा सत्तारुढ एमाले र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदबीच संसद्‍मा भनाभन र धकालाधकेल भएपछि बैठक तनावकाबीच स्थगित भएको थियो।  हिजोको बैठकमा तनावपूर्ण अवस्था सिर्जना हुनुमा कांग्रेस र एमालेका नेताले एक,अर्कालाई दोष थोपरेका छन्। हिजोको बैठक सुरु हुनासाथ कांग्रेसका सांसदले नाराबाजी सुरु गरेका थिए। कांग्रेसको नाराबाजीकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाउँदै राष्ट्रपति कार्यालयबाट प्राप्त केही पत्रहरू पढेर सुनाएका थिए।

त्यसपछि उनले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आफूबारे उठेका प्रश्नका बारेमा जवाफ दिन समय दिएपछि कांग्रेस सांसद थप आक्रोशित बनेका थिए। एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेसका सांसदलाई सम्झाउन अघि बढ्नासाथ कांग्रेसका उपसभापति धनराज गुरुङले ओलीको प्रतिवाद गरेपछि संसद्‌मा धकेलाधकेलको स्थिति सिर्जना भएको थियो।

कांग्रेस सांसदले हिजोको बैठकमा सभामुख घिमिरेले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएको छ।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । तर त्यो मागलाई सत्ता साझेदार दलहरुले अस्वीकार गर्दै आएका छन्।

यस सम्बन्धमा गृहमन्त्री लामिछानेले संसदमा बोल्न समय मागे पनि कांग्रेसले उनलाई बोल्न नदिने गतिविधि गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिमलधारामा ठूलो पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध, नारायणगढ–काठमाडौं आवागमन ठप्प

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu