ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टीओआरबारे कार्यदलमा मिलेन कुरा, प्रतिनिधिसभा बैठक अन्योलमा


एबीसी न्यूज
६ जेष्ठ २०८१, आइतबार   ११ : ५९   बजे

काठमाडौं ६ जेठ । सहकारी रकम अपचल छानबिन गर्न समिती बनाउन सत्तारुढ दल र प्रतिपक्षी दलबिच सहमती जुटेपनिछानबिन समितिको क्षेत्राधिकार विषय पेचिलो बन्ने देखिएको छ।

समितिको टीओआर ९कार्यादेश० बनाउन बनेको कार्यदलमा सहमति जुट्न नसक्दा प्रतिनिधिसभा बैठक आज पनि अन्योलमा पर्ने देखिएको छ।

आइतबार बिहानैबाट कार्यदलका सदस्यहरू छलफलमा जुटेका थिए। यद्यपि उनीहरूबीच बिहान ११ बजेसम्म पनि सहमति जुटन सकेको छैन।

स्रोतका अनुसार, कानुन मन्त्रालयमा बसेको बैठकमा सहमति जुट्न नसकेपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि छलफलमा सहभागी हुन पुगेका छन्।

चार सदस्यीय कार्यदलको बैठक आइतबार बिहानदेखी जारी छ। तर क्षेत्राधिकारका विषयमा काङ्ग्रेससंग कुरा मिल्न नसकेपछी अहिले काङ्ग्रेस प्रमुख सचेतक रमेश लेखक नयाँ बानेश्वरबाट सिंहदरबार पुगेका छन्।

संसद सचिवालयका एक अधिकारीले नेपालखबरलाई बताए अनुसार, कार्यदलमा कुरा नमिली संसद चल्ने सम्भावना कम छ।

‘उता टीओआरबारे सहमति नभइ यता बैठक नबस्ने भन्ने छ, कार्यदलमा सहमति नभएपछि अहिले रमेश लेखक सिंहदरबार पुग्नुभएको छ,’ ती सदस्यले भने, ‘उताबाट सहमति भएन भने आजको हाउस पनि नबस्न सक्छ।’

यसअघि शनिबार बेलुकी प्रमुख प्रतिपक्षी दलसँग सत्तारुढ दलका नेताबीच समिति बनाउने सहमति भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group