ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसका बारेमा छानबिन मागेका थियौँ, त्यसबाट तलमाथि छैनौँ- कांग्रेस


एबीसी न्यूज
८ जेष्ठ २०८१, मंगलबार   ११ : ३९   बजे

काठमाडौं ८ जेठ । सहकारीको रकम अपचलनको छानबिनका लागि बन्ने संसदीय समितिको टीओआर कार्यादेश बारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अडान यथावत् राखेको छ।

मंगलबार सहमति खोज्ने प्रयासस्वरुप कार्यदलका सदस्यहरू सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा कांग्रेसले जसको बारेमा प्रश्न उठेको हो उही व्यक्ति कारबाही गर्ने निकायको प्रमुख बन्न नसक्ने बताएको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस सांसद समेत रहेका कार्यदलका सदस्य जीवन परियारले आफ्नो अडानबाट तलमाथि नभएको जानकारी गराए।

 

‘कांग्रेसले संसदमा जे विषय उठाइरहेको थियो। सहकारी हिनामिना, अपचलन र ठगीका बारेमा नेपाली कांग्रेस सुरुदेखि जे अडानमा थियो, जसका बारेमा छानबिन गर्ने भनेर आवाज उठाउँदै आएका थियौँ, त्यसमा तलमाथि छैन,’ उनले भने।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई दोषी करार नगराएको उनले स्पष्ट पारे।

‘जसको संलग्नता छ भनेर हामीले आरोप लगाएका छौँ, उहाँलाई दोषी करार गरेको होइन नि। तर प्रमाणित हुनका लागि छानबिन हुनुपर्यो भन्ने हो। दोषी करार गरेका छैनौँ, त्यो अधिकार न्यायालय वा छानबिन समितिलाई मात्रै छ,’ उनले भने।

गृहमन्त्री लामिछानेले कांग्रेसका नेताहरूलाई लगाएको आरोप पुष्टि गर्न समेत उनले चुनौती दिए।

‘हाम्रो पार्टीले कुन कुन विषयमा छानबिन गर्नुपर्ने हो, सरकारले त्यसमा प्रमाणित पनि गरोस् भन्ने हाम्रो अडान हो,’ परियारले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group