ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल र हमासका नेताविरुद्ध पक्राउ पूर्जी जारी गर्न माग गर्दै हेगमा मुद्दा


एबीसी न्यूज
८ जेष्ठ २०८१, मंगलबार   ११ : ५४   बजे

काठमाडौं ८ जेठ । नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसी०मा इजरायल र हमासका नेताहरूविरुद्ध पक्राउ पूर्जी जारी गर्न माग गर्दै मुद्दा परेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, रक्षामन्त्री योआब गालान्त र हमासका तीन शीर्ष नेताविरुद्ध पक्राउ पूर्जी जारी गर्न माग गर्दै अन्तर्राष्ट्रिय अपराध अदालतमा मुद्दा परेको हो ।

आईसीसीमा मुद्दा दायर गर्दै करिम खानले इजरायल सरकार र विद्रोही हमास दुवै पक्षमाथि इजरायल र गाजा क्षेत्रमा मानवताविरुद्ध युद्ध अपराध गरेको आरोप लगाएका छन् ।

सोमबार विज्ञप्ति जारी गरी खानले भनेका छन्, ‘सात महिनादेखि जारी युद्धले उनीहरूविरुद्ध वारेन्ट जारी गर्ने पर्याप्त आधार दिएको छ ।’ उनका अनुसार गाजामा गरिएको आक्रमणको क्रममा आम जनतालाई भोकै राख्नु र उनीहरुलाई जानीजानी मार्नु युद्ध अपराधको श्रेणीमा पर्दछ ।

यसैगरी हमासका प्रमुख याह्या सिनवार, सैन्य विभागका कमाण्डर इन चिफ मोहम्मद अल मसरी र हमासको राजनीतिक ब्युरो प्रमुख इस्माइल हानिएविरुद्ध पनि वारेन्ट जारी गर्न माग गरिएको छ । उनीहरूमाथि पनि इजरायलका सर्वसाधारणको हत्या, बलात्कार र बन्धक बनाएर यातना दिएको आरोप छ ।

हेग अदालतका न्यायाधीशहरूको टोलीले उजुरीमाथि प्रारम्भिक सुनुवाइ गरी वारेन्ट जारी गर्ने पर्याप्त आधार र प्रमाण छ कि छैन भन्ने यकिन गर्नेछन् ।

इजरायल र हमासका नेताहरूले भने युद्ध अपराधको आरोपको खण्डन गरेका छन् ।

इजरायलको युद्ध क्याबिनेट मन्त्री बेनी गात्जले आतंकवादीहरूबाट भइरहेको आक्रमणको प्रतिरक्षा मात्र गरेको जिकीर गरेका छन् ।

हमासका वरिष्ठ नेता सामु अबु जुहारीले पक्राउ गर्नुपर्ने मागलाई पीडित र जल्लादलाई एउटै तराजुमा राख्नेखालको कदम भनेर आलोचना गरेका छन् ।

नेदरल्याण्डको शहर द हेगमा अवस्थित अन्तर्राष्ट्रिय अपराध अदालतका १२४ देश सदस्य छन् । इजरायल र उसको मुख्य सहयोगी अमेरिका भने यसको सदस्य छैनन् । चीन र रूस पनि यसमा सदस्य छैनन् ।

आईसीसीले २०२३ मा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको थियो ।

आईसीसीका सदस्य देशहरूले गिरफ्तारी वारेन्टमा आफ्नो सीमाभित्र रहेर कारबाही गर्न सक्दछन् । तर यसमा गिरफ्तार नै गर्न बाध्य भने हुँदैनन् ।

इजरायलमा ७ अक्टुबर २०२३ मा हमासले आक्रमण गरेको थियो । सो हमलामा १० नेपालीसहित करिब १ हजार ४०० जनाको मृत्यु भएको थियो । नेपालका विपिन जोशीसहित २५० भन्दा बढीलाई हमासले बन्धक बनाएको थियो । यही आक्रमणपछि इजरायलले हमास लक्षित कारबाही जारी राखेको छ ।

प्यालेस्टाइनसको स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणबाट ३५ हजार भन्दा बढीको ज्यान गएको जनाएको छ । युद्ध जारी रहेकाले राहत सामग्री, खाद्यान्न, औषधि, पानी र इन्धन आपूर्तिमा भयानक संकट पैदा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

सम्बन्धित

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group