ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्वतका पाँच हजार बालबालिकालाई आइपिभी खोप


एबीसी न्यूज
१० जेष्ठ २०८१, बिहिबार   १२ : ०३   बजे

काठमाडौं १० जेठ । पर्वतमा पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालनका लागि सबै तयारी पूरा भएको छ । यही जेठ १३ देखि २६ गतेसम्म पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालय पर्वतले सबै तयारी पूरा गरेको जानकारी दिएको हो ।

कार्यालयका अनुसार जिल्लामा पाँच हजार सात सय बालबालिकालाई आइपिभी खोप लगाइने भएको छ । केन्द्रीय तथ्याङ्कमा पर्वतमा आठ हजार चार जना लक्षित बालबालिकाहरूको तथ्याङ्क रहेपनि स्वास्थ्य कार्यालय पर्वतको तथ्याङ्क अनुसार पाँच हजार सात सय बालबालिका लाई आइपिभी खोप लगाउन लागिएको हो ।

सन् २०१६ देखि २०१८ को बिचमा उक्त ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए । यस अभियानमा २०७३ वैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकालाई लक्षित गर्दै पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइने स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार नियमिततर्फ पोलियोविरुद्ध छ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ । दुई सातासम्म चल्ने अभियानमा पोलियोविरुद्धको खोप ‘आइपिभी’ दिइने जनाइएको छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

सो अवधिमा खोपबाट वञ्चित बालबालिकालाई पोलियोको जोखिम रहिरहने भएकाले सरकारले सो अवधिमा छुटेका बालबालिकालाई लक्षित गरी खोप लगाउने अभियान थालिएको कार्यालयले जनाएको छ । खोप अभियान देशै भर एकै पटक सञ्चालन हुन लागेको कार्यालयले जानकारी दिएको छ ।

स्वास्थ्य पर्वतले खोप अभियान सञ्चालनका लागि पर्वतमा ७५ जना सुपरिवेक्षक परिचालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

सम्बन्धित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu