ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गैर हाजिर भएका १९ जना प्रहरीलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयको सूचना


एबीसी न्यूज
११ जेष्ठ २०८१, शुक्रबार   ९ : २८   बजे

काठमाडौ ११ जेठ । प्रहरी प्रधान कार्यालयले आफूखुसी गैर हाजिर भएका १९ जना प्रहरीलाई सम्पर्कमा आउन सूचना प्रकाशन गरेको छ । कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।आफूखुसी कार्यालयमा गैर हाजिर भएको र खोजतलास गर्दा पनि नभेटिएको प्रहरी प्रधान कार्यालय सूचनामार्फत भनेको छ ।

कार्यालयको सम्पर्कमा आउँदा गैर हाजिर हुनुको कारण खुलाइ स्पष्टीकरण पेश गर्न गरी सफाइको मौका दिइएको र अन्यथा सेवाबाट हटाउने कारबाही हुने चेतावनीसमेत दिएको छ ।कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार ७ जना फागुनदेखि र ११ जना चैतदेखि कार्यालयमा गैर हाजिर छन् ।

गैर हाजिर हुनेमा चितवनका प्राविधिक प्रहरी नायव निरीक्षक अञ्जन सिम्खडा र गुल्मीका प्रहरी सहायक निरीक्षक भोजराज न्यौपाने छन् ।त्यस्तै प्रहरी हवल्दार प्युठानका कमल रोकामगर, बाराका प्रेमचन्द्र जैसवाल र दाङका देवेन्द्र डिसी छन् । त्यस्तै सप्तरीका प्रहरी सहायक हबल्दार यौनीकुमार मण्डल, प्राविधिक प्रहरी जवान रामेछापका शिव श्रेष्ठ पनि गैर हाजिर छन् ।

यसैगरी सम्पर्कमा नरहेका अन्य प्रहरी जवानहरुमा शिवकुमार चलाउने, रुपक केसी, वीरेन्द्रसिंह भाट, सुमन खड्का, कन्हाईलाल राम, प्रसन्नकुमार विक, अनुप मिजार, अशोक नेपाली, कुलबहादुर सारु थापा, कल्याण डीसी, माधव थापा र प्रहरी कार्यालय सहयोगी रमिता खत्री छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu